CanadaKhabar.com

Monday, December 15, 2025 -

एयर क्यानडाको हवाई सेवा सुचारु: हड्ताल प्रभावित यात्रुहरूलाई क्षतिपूर्ति प्रदान गर्ने !

क्यानडाखबर डेस्क – टोरोन्टो।

दस हजार भन्दा बढी उडान परिचारिकाहरूको प्रतिनिधित्व गर्ने युनियनसँग एयरलाइन्सले अस्थायी सम्झौता गरेपछि मंगलबार दिउँसो बाट एयर क्यानाडाको स्थगित उडानहरू पुनः सुचारु भएको छ। यसअघि एयर क्यानडाका उडान परिचारिकाहरूले काम रोकेको कारण लाखौं यात्रुहरू प्रभावित भएका थिए। 

त्यसरी उडान अबरुद्ध हुँदा यात्रुहरुले भोग्नु परेको कठिनाई र अबरोधलाई मध्यनजर गर्दै एयर क्यानाडाले प्रभावित यात्रुहरूलाई क्षतिपूर्ति सहायता प्रदान गरिरहेको आफ्नो  वेबसाइट मार्फत जानकारीमा ल्याएको छ।

क्षतिपूर्ति प्राप्त गर्न यात्रुहरूले उडान विवरणहरू सहितको फारम भर्नु पर्नेछ। तर त्यसरी क्षतिपूर्ति माग गर्दा यात्रुहरुले हवाई टिकट एयर क्यानाडासंग सिधै बुक गरेको हुनुपर्ने छ। 

अन्य ट्राभल एजेन्ट वा अनलाइन ट्राभल एजेन्सी वा एरोप्लान मार्फत टिकट बुकिङ गरेको अबस्थामा क्षतिपूर्ति दिन एयरलाइन्स बाध्य नहुने बताईएको छ।

क्यानाडाको एयर यात्री सुरक्षा नियमन (APPR) अन्तर्गत, एयर यात्री अधिकारका अध्यक्ष गेबर लुकाक्सका अनुसार हवाई हडतालका कारण एयरलाइन्सले ग्राहकहरूलाई वैकल्पिक उडानहरू प्रदान गर्न यथोचित बन्दोबस्त गर्ने छ।

लुकाक्सका अनुसार हवाई हड्तालका कारण यात्रुहरूको यात्रामा बाधा अवरोध भएको अबस्थामा अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्ने यात्रुहरूले मोन्ट्रियल कन्भेन्सन मार्फत क्षतिपूर्ति बापत बढी पैसा फिर्ता पनि पाउने स्थिति हुनसक्छ।

यात्रुहरुले आफुलाई परेको हानि, नोक्सानी वा क्षति प्रमाणित गर्न सक्षम भएको खण्डमा उक्त मोन्ट्रियल

कन्भेन्सन अन्तर्गत $१२,५०० सम्म प्रतिपूर्ति प्राप्त गर्न सक्नेछ्न्।