मदन बस्नेत – क्यानडाखबर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले क्यानाडाको क्यालगरी आइपुगेका छ्न्। अमेरिका, क्यानडा साथै दक्षिण अमेरिकी मुलुकहरुमा बसोबास गर्ने नेपाली र नेपालीभाषी समुदायहरुलाई प्रतिनिधित्व गर्ने एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (एएनए ) ले क्यानाडा क्यालगरीमा आयोजना गर्ने ४२ औं एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा उनी प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछ्न्।

अगस्टको २२-२४ मा हुने ४२ औं एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलन यो वर्ष क्यानडाले क्यालगरीमा ३७ बर्ष पछि आयोजना गर्दैछ। कार्यक्रम ग्लेनमोर होटल एण्ड कनभेन्सन सेन्टर, क्यालगरी, क्यानडामा हुनेछ। नेपालबाट क्यानाडा आइपुगेका डा वाग्लेलाई एएनए नेपाली अन्तर्राष्ट्रिय सम्मेलनका पदाधिकारीहरुले भब्य स्वागत गरेका छ्न् ।
क्यालगरीको औपचारिक कार्यक्रम पश्चात त्यहाँ रहेका नेपालीहरुसंग छुट्टै बिशेष अन्तर्कृया गर्ने र त्यसपछि उनले टोरोन्टो जिटिए अन्तर्गत मिसिसागा र ब्राम्पटनमा हुने कार्यक्रममा सहभागिता जनाउने तालिका रहेको बुझिएको छ।

उनले अगस्ट २४ आइतबारका दिन बिहान ११:३० बजे 735 Twain Avenue मिसिसागा अवस्थित हाक्का खजाना इभेन्ट सेन्टरमा प्रवासी नेपाली सम्पर्क विभाग क्यानाडाले आयोजना गरेको अन्तर्कृयात्मक कार्यक्रमलाई सम्बोधन गर्ने छ्न्।
यो कार्यक्रम सबैका भएकाले जिटिए आसपास बस्ने सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन प्रवास नेपाली संपर्क बिभाग क्यानडाका अध्यक्ष कुमार उप्रेतीले बताए ।
त्यसैगरी तनहुँ सेवा समाज, क्यानाडाले एभरेष्ट टेकवान्डो एकेडेमी ब्राम्पटनमा अगस्ट २७ गते बुधबार साँझ ७ बजे आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
मिसिसागा र ब्राम्प्टन पछी अन्य शहरहरुमा बसोबास गर्ने नेपालीहरु बीच पनि क्रमशः भेटघाट र अन्तर्कृया गर्ने तयारी रहेको बुझिएको छ।

लन्डन स्कुल अफ इकोनोमिक्स ( लन्डन अर्थशास्त्र बिद्यालय), हार्भर्ड विश्वविद्यालय, र अस्ट्रेलियन नेशनल युनिभर्सिटी (अष्ट्रेलिया राष्ट्रिय बिश्वबिद्यालय) बाट उच्च शिक्षा हासिल गरेका डा. स्वर्णिम वाग्ले दक्षिण एसियाका एक प्रसिद्ध अर्थशास्त्रीको रुपमा परिचित छ्न। हाल उनी नेपालका संघीय सांसद पनि हुन्।

