CanadaKhabar.com

Saturday, September 26, 2026 -

टोरोन्टोमा ५० औं टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव (TIFF) सुरु:


क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ५० औं टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव (TIFF) सेप्टेम्बर ४ देखि १४, २०२५ सम्म क्यानडाको ओन्टारियोको टोरोन्टोमा हुँदैछ।

टोरोन्टोरको केन्द्रबिन्दुमा विभिन्न थिएटरहरूमा स्क्रिनिङहरू गरिएको छ। TIFF लाइटबक्स लगायत किंग सेन्ट वेस्ट फेस्टिवल स्ट्रिटमा महोत्सवको भब्य सुरुवात भइसकेको छ।

फिल्म महोत्सवमा विश्वभरका लगभग ३०० चलचित्रहरू देखाइँदैछन् भने विभिन्न चलचित्र स्टार र फिल्म निर्माताहरूलाई रेड कार्पेटमा देख्न सकिनेछ। स्टार कलाकार एवं चलचित्र उद्योगका हस्तीहरुसंगको कुराकानी सहितको बिशेष कार्यक्रममा सहभागी हुन सकिन्छ। त्यस अलावा फेस्टिवल स्ट्रिटमा खानपान र रमाईलो गर्ने अन्य थुप्रै गतिविधिहरु पनि रहेका छ्न्।
टिफ्मा प्राःय हरेक वर्ष नेपाली सिनेमाहरु प्रर्दशन हुदै आएता पनि यो पटक भने कुनै नेपाली सिनेमाले ठांउ पाउन सकेनन।