CanadaKhabar.com

Monday, August 31, 2026 -

क्यानडामा युवा बेरोजगारी संकट : मन्दीको स्तरमा पुगेको दर

क्यानडामा युवा बेरोजगारी संकट : मन्दीको स्तरमा पुगेको दर

क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा |

क्यानडामा युवा बेरोजगारी दर मन्दीको समयमा देखिने स्तरमा पुगेको नयाँ प्रतिवेदनले चेतावनी दिएको छ। वित्तीय संस्था डेस्जार्डिन्सले जारी गरेको रिपोर्टअनुसार किशोर किशोरीहरू यो संकटबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

रिपोर्टले देखाएको अनुसार २०२२ मा १० प्रतिशत रहेको युवा बेरोजगारी दर २०२५ को मध्यसम्म आइपुग्दा १४ प्रतिशतमा पुगेको छ। यसले करिब पाँच मध्ये एक क्यानाडाली किशोर–किशोरी काम खोज्दा पनि रोजगारी नपाएको तथ्य उजागर गरेको छ।

व्यापार युद्ध र आर्थिक अनिश्चितताबीच श्रम बजारले केही लचिलोपन कायम राखे पनि बढ्दो बेरोजगारीले क्यानडाका सबैभन्दा कम उमेरका कामदारहरूलाई गम्भीर चुनौती बनाइदिएको प्रतिवेदनमा उल्लेख छ।

विशेषज्ञहरूले दीर्घकालीन रोजगारी अवसर सिर्जना र समावेशी श्रम नीतिमा सुधार नगरेसम्म समस्या अझ जटिल हुने चेतावनी दिएका छन्।