नेपालमा जारी जेन–जी आन्दोलनका क्रममा राज्यको बर्बरता र व्यापक दमनमा परी शहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्न क्यानडाको टोरोन्टो लगायतका विभिन्न सहरहरुमा नेपाली समुदायले स्वतस्फूर्त रुपमा शान्तिपूर्ण मैनबत्ती प्रज्वलन गर्ने र श्रद्धाञ्जली सभाको आयोजना गर्ने कामले तिब्रता पाएको छ।

आज बेलुकी ७ बजे मकावन डिस्टृक्ट पार्क स्कारब्रोमा र त्यसैगरी सांझ ८ बजे टोरन्टो नेथन फिलिप स्क्वायरमा र सांझ ८ बजे नै सगरमाथा पार्क ब्राम्प्टनमा श्रद्धाञ्जली सभाको आयोजना सम्पन्न भएको छ भने अन्य शहरहरुमा पनि त्यस्तै कार्यक्रमहरुको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। श्रद्धाञ्जली सभामा उपस्थितहरुले नेपालको झन्डा र “हत्यारा सरकार राजिनामा दे” को प्लेकार्ड बोकेका थिए। उनीहरुले सामुहिक रुपमा मौन धारण गर्नुका साथै मैन बत्ती प्रज्वलन गरेर मृत आत्माको चीर शान्तीको कामना गरेका थिए।