CanadaKhabar.com

Wednesday, June 10, 2026 -

ह्यामिल्टन अन्टारियोमा नेपाली युवाद्वारा क्यान्डललाइट कार्यक्रम

ह्यामिल्टन – क्यानडाको वन्टारियोस्थित ह्यामिल्टन बस्दै आएका नेपाली युवाहरुले नेपालमा ज्यान गुमाएका निर्दोष युवामाथि श्रद्धाञ्जली अर्पण गर्न क्यान्डललाइट भिजिल आयोजना गर्न लागेका छन्। कार्यक्रम सेप्टेम्बर ११, बिहीबार, बेलुकी ७:०० बजेदेखि ८:३० बजेसम्म ह्यामिल्टन सिटी हल फोरकोर्टमा हुनेछ।

“Save Our Youth – If Not Me, Who?” भन्ने शीर्षकमा भइरहेको यस कार्यक्रममार्फत शहीदहरुलाई सम्झन र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्न आग्रह गरिएको छ। आयोजकहरुले सबैलाई शान्तिपूर्ण रूपमा आउन, खुला मन लिएर सहभागी हुन र राजनीतिक नाराहरु नगर्न अनुरोध गरेका छन्।

सहभागीहरुले नेपाली झण्डा र ब्यानर ल्याउन सक्नेछन्। सहरको नियमअनुसार बलिरहेको मैनबत्ती प्रयोग नगर्न अनुरोध गरिएको छ। साथै, कार्यक्रमपछि सबै मिलेर स्थान सफा राख्न पनि आग्रह गरिएको छ।

यसअघि टोरन्टोमा समेत यस्तै कार्यक्रम भएको थियो। ह्यामिल्टनको यो पहल नेपाली युवाहरुको एकता, सम्झना र शान्तिपूर्ण अभिव्यक्तिमा केन्द्रित छ।