क्यानडाखबर डेस्क । – टोरोन्टो । क्यानाडियन ब्लड सर्भिसेसको स्कारबरो शाखामा नेपालिज ब्लड डोनर्स एसोसिएसन (NBDA Canada) तथा मेन्स रुम रिलोडेड क्यानडा (MRR Canada) सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उल्लेखनीय सहभागिता रहँदै २५ जना स्वयंसेवी दाताहरूले आफ्नो अमूल्य रक्तदान गरेका थिए ।। समुदायलाई रक्तदानप्रति प्रेरित गर्ने उद्देश्यसहित गरिएको यो अभियानलाई सहभागीहरूले उच्च सराहना गरेका छन्।
कार्यक्रमबारे जानकारी दिँदै MRR Canada का प्रतिनिधि सुदर्शन सापकोटा र NBDA Canada का प्रतिनिधि दीपेन राहुत क्षेत्रीले रक्तदानलाई मानव जीवन रक्षा गर्ने सर्वोत्तम सेवामध्ये एक भन्दै, यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूले समुदायबीच सहयोग र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

यस अवसरमा उपस्थितहरूले हालै नेपालमा भएका विरोध प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सम्झनामा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि समुदायलाई लक्षित गरी नियमित रक्तदान अभियान तथा अन्य सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।


