क्यानडाखबर डेस्क ।
यस वर्ष विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान ११:५३ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि ०२ अक्टोबर बिहान ११:४९ , न्यूयोर्क अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:२५ मा साईत छ।
त्यस्तै टोरोन्टोको समय तिथी अनुसार १ तरिक ११ :५५ भ्यान्कुवरमा ११ : ३३ मा टिकालगाउन सकिनेछ । यो नेपाल पचाङ समितीले दिएको साईत हो ।
नेपालमा लगाएर पछी मात्र क्यानडामा लगाउने सोच हुनेले व्याबहारिकताका हिसाबले अक्टोबर २ मा लगाउन सकिने बताईएको छ ।

