CanadaKhabar.com

Monday, December 15, 2025 -

एनसिसिएसका महासचिव सुदर्शन सापकोटा ‘अक्रस यू–क्यान युथ अवार्ड २०२५’ बाट सम्मानित !

क्यानडाखबर न्युज डेस्क । क्यानडा जिटिएको ग्रेटर टोरन्टो क्षेत्रमा युवाको सशक्तिकरण र सामुदायिक नेतृत्व विकासमा समर्पित संस्था ‘अक्रस यू-हब क्यानाडा’ ले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रति एनसिसिएसका महासचिव सुदर्शन सापकोटाको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई संस्थाको तर्फबाट ‘अक्रस यू–क्यान युथ अवार्ड २०२५’ बाट सम्मानित गरेको छ।

नोभेम्बर २ मा हिल्टन होटल मार्खममा सम्पन्न अवार्ड समारोहमा मार्खमका मेयर फ्रान्क स्कार्पिट्टी, प्रान्तीय सांसद बिली प्याङ, डेजी वाई लगायत विभिन्न सामाजिक अभियन्ता र सामुदायिक प्रतिनिधिहरूको अलावा करिब ६०० भन्दा बढी अतिथिहरू सहभागीता रहेको अवार्ड समारोहमा सापकोटालाई सम्मानपत्र र पुरस्कार ग्रान्ट सहित सम्मान प्रदान गरिएको थियो।

सापकोटाले आफुलाई सम्मान गर्ने संस्था ‘अक्रस यू-हब क्यानाडा’ लाई धन्यवाद दिदैँ आफुलाई प्राप्त सम्मान र पुरस्कारले समाजिक कार्यमा खट्न थप उर्जा प्रदान गरेको र सामाजिक दायित्व र जिम्मेवारी वहन गर्न उत्प्रेरणा प्रदान गरेको प्रतिक्रिया दिएका छ्न्।
‘अक्रस यू-हब क्यानाडा’ ले यस वर्ष सापकोटासहित अन्य तीन युवाहरू; मेलिसा चान (बिल्ड अवार्ड), निक फ्याङ्झेङ (ब्रिज अवार्ड) र रेनी (ग्रो अवार्ड) लाई पनि सम्मानित गरिएको थियो।

यो सम्मानले क्यानडामा बसोबास गर्ने नेपाली युवाको सक्रियता र सामाजिक योगदान नेपाली समाज र समुदायमा मात्र सिमित नभएर त्यसले बिस्तारै क्यानडाको बहुसाँस्कृतिक समाज र सिंगो क्यानडेली मूलधारसंग पनि जोडिएको संकेत दिएको छ। सापकोटालाई प्राप्त सम्मानले नेपाली मूलका युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम पनि गरेको छ।