CanadaKhabar.com

Sunday, December 14, 2025 -

एनसिसिएसको १८औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

बिजय अधिकारी – टोरन्टो, क्यानाडा ।
नेप्लिज-क्यानेडियन कम्युनिटी सर्भिसेस (एन.सि.सि.एस) को १८औं वार्षिक साधारण सभा, स्कारबोरो स्थित नमस्ते पवेलियन रेस्टुरेन्टमा हालै सफलतापूर्वक सम्पन्न भएको छ। क्यानाडामा रहेका नेपाली समुदायको हित, सेवा र एकताका लागि क्रियाशील यो प्रतिष्ठित संस्थाको वार्षिक साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ।

नयाँ कार्यसमितिमा जम्मा १५ जना सदस्यहरू चयन भएका छन्, जसमा ६ जना कार्यकारी पदाधिकारी र ९ जना बोर्ड सदस्य रहेका छन्।
संस्थाको सभापतिमा बिमल बस्नेत ,अध्यक्षमा सुदर्शन सापकोटा , उपाध्यक्षमा ज्ञानु शाह, महासचिवमा टिकाराम पौडेल, सचिवमा कौशल निरौला, कोषाधक्ष्यमा गणेश न्यौपाने रहनुभएको छ। त्यसैगरी बोर्ड सदस्यहरुमा राहुल गौतम, विजय अधिकारी, अन्क खाड, शरद मैनाली, खगेन्द्र कंडेल, सुशीलराज लामिछाने, निमिष खनाल, पायल शाह र रमा जमरकट्टेल रहनुभएको छ।

साधारण सभामा संस्थाको विगतका वर्षहरुका  गतिविधि, आर्थिक विवरण तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरिएको थियो। सहभागी सदस्यहरूले संस्थाको सामाजिक सेवा, समुदायमा देखिएका चुनौती र आगामी दिशाबारे खुलेर छलफल गरेका थिए।

नयाँ नेतृत्वबाट संस्थाले अझ सशक्त रूपमा नेपाली समुदायका हकहितमा काम गर्ने विश्वास व्यक्त गरिएको छ। NCCS ले विगत १८ वर्षदेखि क्यानाडामा बसोबास गर्ने नेपाली समुदायका लागि शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग र आपत्कालीन सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।