CanadaKhabar.com

Thursday, April 16, 2026 -

बागलुङ सेवा समाज र एनबिडिए क्यानडाले नोभेम्बर २९ मा रक्तदान गर्दैं

क्यानडाखबर डेस्क ।

बागलुङ सेवा समाज क्यानडा र नेपलिज ब्लड डोनर्स एशोसिएसन (NBDA) क्यानडाको संयुक्त साझेदारीमा रगत तथा प्लाज्मा दान कार्यक्रम आउँदो नोभेम्बर २९, २०२५ शनिबारका दिन आयोजना हुने भएको छ। कार्यक्रम क्यानडियन ब्लड सर्भिसेज, स्कारबोरो डोनर सेन्टर (880 warden avenue , Scarborough) मा बिहान १०:४५ देखि दिउँसो १:१५ सम्म सञ्चालन हुनेछ।

बागलुङ सेवा समाजले रक्तदान तथा प्लाज्मा दानको अलावा एक जिम्मेवार सामुदायिक संस्थाको रूपमा क्यानडामा भलिबल लगायतको खेलकुद कार्यक्रमहरूको आयोजना र सहभागिताको मार्फत र अन्य बिबिध सामाजिक सांस्कृतिक कार्यक्रमहरू मार्फत प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्ने कार्य पनि गर्दै आएको छ।

त्यस अलावा नेपालमा विभिन्न समयमा आईपरेका विपद्को अबस्थामा राहत सहयोगार्थ उल्लेखनीय कोष जुटाउनुका साथै आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान पनि गर्दै आइरहेको छ।

नोभेम्बर २९ शनिबारका दिन हुन गइरहेको रगत तथा प्लाज्मा दान कार्यक्रममा समुदायको संलग्नता र सहयोग सदा झैँ यसपटक पनि उल्लेखनीय रहने संस्थाको अपेक्षा रहेको छ।

कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा यम खत्री 416-880-4214, सुरेश गौतम 647-564-8820, लिलानाथ पाण्डे 647-701-536 वा दिपेन राउत 647-774-6542 लाई सम्पर्क गर्न संस्थाले सबैमा अनुरोध गरेको छ।