CanadaKhabar.com

Wednesday, February 4, 2026 -

क्यानेडियन डलर ईतिहास कै उच्च दर १ डलर को १०९ नेपाली रुपैया

क्यानेडियन डलर (CAD) आज पनि नेपाली रुपैयाँ (NPR) विरुद्ध इतिहासकै उच्च स्तर नजिक कारोबार भइरहेको छ। विदेशी मुद्रा बजारका अनुसार आज १ क्यानेडियन डलर करिब १०८.६२ रुपैयाँमा कारोबार भएको छ।

यसअघि, हिजो जनवरी २९ मा १ CAD = १०९.१५ NPR पुग्दै हालसम्मकै उच्च दर रेकर्ड भएको थियो। विनिमय दरमा देखिएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको उतारचढाव र अमेरिकी डलर तथा अन्य प्रमुख मुद्राको प्रभावका कारण भएको बताइएको छ।

यसले क्यानडाबाट नेपाल पठाइने रेमिट्यान्समा सकारात्मक प्रभाव पार्न सक्ने भए पनि आयात तथा विदेशी अध्ययन र यात्रामा खर्च बढ्न सक्ने आर्थिक विश्लेषकहरूको भनाइ छ।