CanadaKhabar.com

Friday, February 13, 2026 -

आशिर्वाद सुबेदीको नयाँ गीत ‘मोहनी लाग्यो कान्छीले’ बजारमा

क्यानडाखबर संवाददाता – टोरोन्टो क्यानडा । क्यानडामा एक दशकदेखि बस्दै आएका गायक आशिर्वाद सुबेदीले आफ्नो नयाँ गीत ‘मोहनी लाग्यो कान्छीले’ सार्वजनिक गरेका छन्। यस गीतमा चर्चित गायिका एलिना चौहानको समेत स्वर रहेको छ। केही महिना अघि एलिना क्यानडा पुगेका बेला गीत रेकर्ड गरिएको थियो।

गीतका शब्द तथा संगीत बसन्त सापकोटाले तयार गरेका हुन् भने रेकर्डिङ क्यानडामा बसोबास गर्दै आएका संगीतकर्मी उदयराज पौडेलले गरेका हुन्।

नेपालमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा कलाकार आश्मा विश्वकर्मा र अभिनेता प्रभात पलको अभिनय देख्न सकिन्छ। रोमान्टिक भाव, आकर्षक नृत्य प्रस्तुति र रंगीन दृश्य संयोजनले गीतलाई दर्शक–श्रोतामाझ थप रोचक बनाएको छ। भिडियोको छायाङ्कन तथा निर्देशन हरी हुमागाईले गरेका हुन्।

उक्त म्युजिक भिडियो गायक सुबेदीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियो हेर्नलाई तलको लिन्क क्लिक गर्नुहोस् ।