CanadaKhabar.com

Tuesday, March 10, 2026 -

NECASE AGM सम्पन्न: रेखा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

एडमन्टन, क्यानडा – Nepalese Canadian Society of Edmonton (NECASE) को वार्षिक साधारण सभा (AGM) फेब्रुअरी १५ मा एडमन्टनमा सम्पन्न भएको छ। सभाले संस्थाको विगत वर्षको गतिविधिको विस्तृत समीक्षा गर्दै आगामी दुई वर्ष (२०२६–२०२८) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको भएकोछ ।

संस्थाको विधान तथा निर्धारित प्रक्रिया अनुरूप मनोनयन र निर्वाचन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले नयाँ कार्यसमिति आधिकारिक रूपमा घोषणा गरेको हो। नयाँ नेतृत्वमा रेखा पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने ध्रुव श्रेष्ठ उपाध्यक्ष र सौगत केसी महासचिव चयन हुनुभएको छ। त्यस्तै, सांस्कृतिक कार्यक्रम निर्देशकमा जया झा कोर्सान, नवआगन्तुक, युवा तथा ज्येष्ठ नागरिक समन्वय निर्देशकमा निश्‍चल नेपाल, सूचना प्रविधि तथा सञ्चार निर्देशकमा पूजा ढुंगाना तथा सम्पत्ति व्यवस्थापन निर्देशकमा रितेश पौडेल निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले सन् २०२६ देखि २०२८ सम्मको दुई वर्षे कार्यकाल सम्हाल्नेछ।

Nepalese Canadian Society of Edmonton एडमन्टन तथा आसपास बसोबास गर्ने नेपाली मूलका क्यानडावासीहरूको साझा गैर-नाफामूलक सामाजिक संस्था हो। संस्थाले नेपाली समुदायलाई एकताबद्ध, सशक्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न सामाजिक, सांस्कृतिक तथा समुदायमुखी कार्यक्रमहरू आ

योजना गर्दै आएको छ।

संस्थाले नेपाली भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्दै नेपाली चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै नवआगन्तुकहरूलाई समुदायमा घुलमिल हुन सहयोग पुर्‍याउँदै आएको छ।

साथै, युवा तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रममार्फत समुदायमा नेतृत्व विकास र स्वयंसेवा संस्कृतिको प्रवर्द्धन गर्दै आएको छ।

नयाँ कार्यसमितिको चयनसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र समुदायकेन्द्रित कार्यक्रमहरू अघि बढाउने र आसपास बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई संस्थासँग आबद्ध भई आगामी गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन आफुहरु लागिपर्ने संस्थाका निर्देशक निश्चल नेपालले जानकारी दिए ।