क्यानडाखबर डेस्क ।
चितवन सोसाइटी क्यानडाले यस वर्ष पनि नेपाली परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ फागु पूर्णिमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम २८ फेब्रुअरी २०२६, शनिबार ब्राम्प्टन स्थित चाँदनी ब्यांक्वेट हलमा हुने छ।
कार्यक्रमको विशेष आकर्षण चर्चित गायक सञ्जीव प्रधान हुनेछन् जसले आफ्ना मिठा र बेजोड गीतहरू प्रस्तुत गरेर सहभागीहरूलाई रमाइलो र मनोरञ्जन प्रदान गर्नेछन्।
यस्तै, रंग र सांस्कृतिक उत्सवको मजा लिनका लागि सहभागीहरूले पारम्परिक फागु खेल, नाचगान, र सांस्कृतिक प्रस्तुतीकरणहरू पनि हेर्न पाउनेछन्। वयस्कको टिकट मूल्य प्रति व्यक्ति ३५ डलर राखिएको छ भने ६ वर्षमुनिका बच्चाहरूको लागि निशुल्क प्रवेश छ। कार्यक्रममा डिनर पनि समावेश गरिएको छ।

टिकट बुकिङ ई–ट्रान्सफर मार्फत chitwansocietycanada@gmail.com मा पठाउन सकिन्छ। थप जानकारीका लागि वेबसाइट chitwansocietycanada.org र फेसबुक पेज /Chitwan Society Canada मा सम्पर्क गर्न सकिन्छ।
चितवन सोसाइटी क्यानडाका महासचिव श्री कृष खड्काका अनुसार संस्थाले कार्यक्रम मार्फत नेपाली समुदायका सबै उमेर समूहका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउने प्रयास गरेको छ र गायक सञ्जीव प्रधानको सांगीतिक प्रस्तुतीले कार्यक्रम अझै रोचक र स्मरणीय बनाउनेछ।
संस्थाका अध्यक्ष डा. कञ्चनदेव देवकोटाले होली पर्वको यस सांस्कृतिक कार्यक्रममा क्यानडामा बसोबास गर्ने चितवनका समुदायले मात्र नभई सबै नेपाली समुदायले सहभागी भई नेपाली परम्परा र सांस्कृतिक पर्व होलीको रङ्गको रौनकको अनुभव गर्न पाउने हुनाले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ।
