CanadaKhabar.com

Sunday, February 22, 2026 -

रंग, कविता र संगीतको उत्सव: साहित्यिक फागु– मार्च १ मा !

क्यानडाखबर डेस्क । नेपाली साहित्य समाज क्यानडाले मार्च १, २०२६ मा साहित्यिक फागु उत्सव–२०२६ को आयोजना गर्दैछ जहाँ रङ्ग, शब्द र संगीतको जीवन्त मिलन हुनेछ। यो उत्सव केवल रंगको रमाइलो मात्र होइन; नेपाली कविता, कला र सांस्कृतिक जीवनको उत्सव हुनेछ। यहाँ कविता, संगीत र कला एकै छानामुनि झल्किनेछन्, र सहभागीहरूले फागुको रङ्गीन आनन्द र सांस्कृतिक जीवन्तता अनुभव गर्ने अवसर पाउनेछन्।

उत्सव १२:३० बजे दिउँसो देखि ५:०० बजे साँझसम्म स्कार्बोरोस्थित Hakka Khazana Restaurant, 2167 Victoria Park Ave, Unit#1, ON MIR 1V6 मा सञ्चालन हुनेछ। यहाँ काव्य वाचन र सांगीतिक प्रस्तुति मार्फत उपस्थितहरूलाई फागु पर्वको सम्पूर्ण अनुभव गराइनेछ।

प्रवेश शुल्क:

व्यक्तिगत: $20

१६ वर्ष मुनिका बालबालिका: $10 (स्न्याक्स लन्चसहित)

सहभागिता सुनिश्चित गर्न ई–ट्रान्सफरमार्फत info@nepalisahitya.ca मा भुक्तानी गर्न सकिन्छ।

उत्सवमा उपस्थित हुन चाहनेहरूले फेब्रुअरी २२, २०२६ भित्र RSVP गर्नु पर्नेछ। थप जानकारीका लागि सम्पर्क:

मोहन खरेल: (647) 764-0731

मधव बराल: (647) 513-5458

पारु पाण्डे: (647) 936-6648

पुण्यसागर मरहट्टा: (647) 615-6916