CanadaKhabar.com

Monday, August 31, 2026 -

काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनी काठमाडौ महानगरका पुर्व प्रहरी प्रमुख सेमेत हुन् ।

पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याएका छन् भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपाका उम्मेदवार निरज लामाले ५१८ मत मात्रै प्राप्त गरेका छन्।