CanadaKhabar.com

Saturday, March 7, 2026 -

काठमाडौंमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौं जिल्लाका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी हुने अवस्था बनेको छ। हालसम्म ९ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार सुनिल केसी को जित लगभग निश्चित देखिएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का कविर शर्मा लाई करिब १९ हजार मतले पछि पारेका छन्।

क्षेत्र नं. १ बाट रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्। त्यसैगरी क्षेत्र नं. ३ मा राजुनाथ पाण्ड र क्षेत्र नं. ४ मा पुकार बम निर्वाचित भएका छन्।

यस्तै, क्षेत्र नं. ५ मा सस्मित पोखरेल, क्षेत्र नं. ६ मा शिशिर खनाल, क्षेत्र नं. ७ मा गणेश पराजुली तथा क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

त्यसैगरी क्षेत्र नं. ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नं. १० मा प्रदिप विष्ट निर्वाचित भएका छन्।