भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको बलियो एरिया भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।
रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए ।
केही दशक यता भक्तपुर – १ मा अरु पार्टीले नेमकिपालाई उछिन्न सकेको थिएन ।

