क्यानडाखबर डेस्क ।
ब्रेम्पटन–मिसिसागा आसपासमा बसोबास गर्ने नेपालीहरूको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औँ वार्षिक साधारण सभा आजआइतबार, अप्रिल २६ मा आयोजना हुँदैछ।
उक्त साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
संस्थाले विगतदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै पार्क सरसफाइ, काराभानमा सहभागिता, कल्चरल नाइट, कम्युनिटी बार्बेक्यु लगायत विभिन्न सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाका कार्यक्रम संयोजक घनश्याम भट्टराईले सम्पूर्ण समुदायका सदस्य तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

