CanadaKhabar.com

Tuesday, April 28, 2026 -

NCNC को १६औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

क्यानडाखबर डेस्क – टोरोन्टो ।

ब्राम्टोन -मिसिसागा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पुरानो र सक्रिय संस्था Nepalese Community Network of Canada (NCNC) को १६औँ वार्षिक साधारण सभा (AGM) अप्रिल २६ मा सफलतापूर्वक सम्पन्न भएको छ। सन् १९९४ मा स्थापना भएको यस संस्थाले विगत ३२ वर्षदेखि नेपाली समुदायबीच निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

साधारण सभामा अग्रज व्यक्तित्वहरू, निवर्तमान कार्यसमिति, आजीवन सदस्य तथा समुदायका विभिन्न सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा बेद निधि गौतम चयन भएका छन् । उपाध्यक्षमा मुकेश बरुवाल, महासचिवमा दुर्गा के.सी., सचिवमा रमेश भट्टराई तथा कोषाध्यक्षमा बिपीन अधिकारी निर्वाचित भएका छन्। त्यसैगरी महिला संयोजकमा सानु सिटौला चयन भएका छन् । भने सदस्यहरूमा मधु बिलास देवकोटा, रञ्जना कार्की अधिकारी, सुदीप बगाले, दीपक खत्री, बिष्णु प्रसाद बिश्वकर्मा, शिव देवकोटा, शिव राज रेग्मी, नरेश ज्ञवाली र राजन कुमार पाइजा रहेका छन् ।

संस्थाले विगतदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै पार्क सरसफाइ, काराभानमा सहभागिता, कल्चरल नाइट, कम्युनिटी बार्बेक्यु लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस वर्षको साधारण सभामा पनि समुदायबीच सहकार्य र एकताको भावना थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

कार्यक्रम संयोजन घनश्याम भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव रामकृष्ण रेग्मीले गरे । नवगठित कार्यसमितिले आगामी दिनहरूमा समुदायलाई अझ सशक्त बनाउँदै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ।