CanadaKhabar.com

Friday, October 16, 2026 -

NCCC ले ‘७ नेसन्स कप २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने

क्यानडाखबर डेस्क ।

नेप्लिज क्यानेडियन क्रिकेट क्लब (NCCC) ले क्यानडामा आयोजना हुने ‘७ नेसन्स कप २०२६’ क्रिकेट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएको छ।

Cricket Québec को आयोजनामा हुने प्रतियोगिता अक्टोबर १० र ११, २०२६ मा क्युबेकस्थित Verdun Cricket Ground मा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछन्।

प्रतियोगितामा नेपाल, क्यानडा, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा क्यारेबियन क्षेत्रका टोलीहरूको सहभागिता रहनेछ। NCCC ले प्रतियोगितामा नेपालको झण्डामुनि मैदानमा उत्रिँदै नेपाली क्रिकेटको प्रतिनिधित्व गर्ने जनाएको छ।

क्यानडामा नेपाली समुदायको क्रिकेटलाई प्रवर्द्धन गर्दै आएको NCCC का लागि अन्तर्राष्ट्रिय स्तरका टोलीहरूसँग प्रतिस्पर्धा गर्ने यो सहभागिता महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Screenshot