CanadaKhabar.com

Friday, April 26, 2024 -
  • यूवाको को मन जित्ने बाइक – स्प्लेन्डर

    नेपाली अटोबजारमा हिरो ब्रान्डको मोटरसाइकलको इतिहास निकै पुरानो छ । विगत लामो समयदेखि ज्योति ग्रुपअन्तर्गतको नेपाल जनरल मार्केटिङले यो ब्रान्डको विभिन्न मोडलका स्कुटर तथा मोटरसाइकलको आयात र बिक्रीवितरण गर्दै आइरहेको छ ।

    यो ब्रान्डको मोटरसाइकल नेपाली ग्राहकको मुख्य रोजाइमा पर्न सफल पनि भएको छ । नेपाल जनरल मार्केटिङले ग्राहकको आवश्यकता र रोजाइअनुसारका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूलाई लक्षित गर्दै बेलाबेलामा नयाँनयाँ मोडलको मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले आफ्नो यही रणनीतिलाई निरन्तरता दिँदै नेपाली बजारमा हिरो स्प्लेन्डरको नयाँ मोडल नेपाली बजारमा भित्राएको छ । स्प्लन्डरप्रतिको ग्राहकको अकर्षणलाई मध्यनजर गर्दै कम्पनीले विल्कुलै नयाँ मोडलको बाइक स्प्लेन्डर प्रो क्लासिक नेपाली बजारमा भित्राएको हो । कम्पनीले यो बाइकलाई हिरोको पहिलो क्याफे रेसरसमेत भनेको छ ।splinder test drivre (3)
    नाडा अटो शो २०१४ को अवसरमा लन्च भएको यो मोटरसाइकल पनि पुरानो मोटरसाइकल जस्तै ग्राहकको रोजाइमा पर्न सफल हुनेमा कम्पनी आशावादी छ । हिरो स्प्लेन्डर प्रो क्लासिक नाम दिइएको यो मोटरसाइकल सिंगल सिट क्षमताको छ । स्पोर्टी हेन्डल बार रहेको यो मोटरसाइकलमा मेन्टिनेन्स फ्रि ब्याट्री प्रयोग गरिएको छ जसका कारण ब्याट्रीका लागि कुनै झन्झट आइपर्दैन ।
    अटोमोबाइल मासिकले गरेको टेस्ट ड्राइभको क्रममा यो बाइक कुदाउँदै निकै रमाइलो अनुभूति भयो । सस्तो, सानो र पुरानो ढाँचाको मोटरसाइकल चलाउन चाहनेहरूका लागि यो बाइक अत्यन्त उपयोगी छ । टेस्ट ड्राइभका क्रममा हाम्रा बाइक राइडर यसको प्रस्तुतिबाट निकै सन्तुष्ट देखिएका थिए । सानो भएकाले सधैंजसो ट्राफिक जाम भइरहने काठमाडौं जस्तो शहरका लागि यो बाइक अति उपयोगी हुने उनको भनाइ थियो । splinder test drivre (4)
    सस्तो र पुरानो स्टाइलको बाइक चढ्न रुचाउने ग्राहकलाई लक्षित गरेर बजारमा ल्याएको यो बाइक पूर्णरूपमा क्लासिक टाइपको रहेको छ । पुरानो स्प्लेन्डरभन्दा विल्कुलै नयाँ लुुक्समा रहेको छ यो मोटरसाइकल । splinder test drivre (2)
    साँच्चै भन्ने हो भने अफिसियल व्यक्तिहरू र चढेर हिँडने महिलाहरूका लागि सुहाउँदो छ यो मोटरसाइकल । १०० सिसि क्षमताको यो बाइक कालो र रातो गरी दुई रङमा नेपाली बजारमा उपलब्ध रहेको छ । मेटल टफ आकर्षक लुक्सका साथै हब पनि अरू स्पेलेन्डरभन्दा ठूलो रहेको छ ।
    यो मोटरसाइकलको आवाजसमेत पुरानो स्प्लेन्डरको भन्दा स्मुथ र प्रिय रहेको रहेको हाम्रा राईडरको भनाइ थियो । यसले काठमाडौं जस्तो ट्राफिक जाम बढी हुने बाटोमा समेत प्रति लिटर ६० किलोमिटरभन्दा वढी माइलेज दिन्छ । जुन पुरानो स्प्लेन्डरको भन्दा पनि केही बढी हो ।

    splinder test drivre (1) एयर कुल्ड फोर स्टक सिंगल सिलिन्डर इन्जिनयुक्त यो बाइकको मेक्सिमम पावर ६.१५ के डब्लु रहेको छ । कम्पनीले यसको बजार मूल्य १ लाख ५७ हजार ५०० तोकेको छ । त्यसो त मेनिफ्याक्चरिङ डिफेक्टको हकमा ५ वर्षसम्मको वारेन्टी र ९ पटकसम्म फ्रि सर्भिसिङको व्यवस्था गरेको छ कम्पनीले । यसमा ११ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ ।