CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • गायिका प्रबिशा अधिकारी क्यानडा आउँदै

    क्यानडाखबर डेस्क ।

    नयाँ बर्ष तथा क्रिसमसको समय पारेर क्यानडामा ‘प्रबिशा अधिकारी सांस्कृतिक सांझ’ आयोजना गरिने भएको छ । क्यानडाको टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा गर्न लागिएको यो सांगितिक कार्यक्रममा गायिका प्रबिशा अधिकारीले आफ्ना लोकप्रिय गीतहरु गाउने छिन् ।

    सांस्कृतिक सांझमा जिटिए वरपर बस्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितीको लागि आयोजक माउण्ट एभरेष्ट टिभीका संचालक बसन्त कार्कीले अनुरोध गरेका छन् ।