CanadaKhabar.com

Friday, April 26, 2024 -
  • ‘ सिन्थेटिकमा हामी नम्बर वान छौं ‘

    मदनकुमार ओझा
    निर्देशक, नेपाल इल्भर ट्रेडिङ प्रालि
    इनोक लुब्रिकेन्ट्सको पछिल्लो बजार अवस्था कस्तोे छ ?

    पछिल्लो समय बजारमा गुणस्तरीय लुब्रिकेन्ट्सको माग बढिरहेको छ । यस्तो अवस्थामा इनोकजस्ता उच्च गुणस्तरीय लुब्रिकेन्ट्सको बजार स्वाभाविक रुपमै राम्रो छ । इनोकलाई उपभोक्ताले मन पराएका छन् । गुणस्तरीय भएकाले उपभोक्ताको विश्वास जित्न सफल भएका छौं । सबै किसिमका सवारीमा प्रयोग गर्न सकिने लुब्रिकेन्ट्स उपलब्ध भएका कारण पनि बजारमा इनोकको माग बढिरहेको छ । उपभोक्ताको विश्वास जितेका कारण इनोकले बजारमा गुणस्तरीय लुब्रिकेन्ट्सको पहिचान बनाउन सफल भएको हो । गत वर्ष ८ लाख लिटर खपत भएकोमा यसपालि १० लाख लिटर बिक्री गर्ने लक्ष्य लिएका छौं । हामीले अहिले उद्योग र हेभी इक्युपमेन्टमा पनि जोड दिएका छौं । जसका कारण पनि बिक्री बढिरहेको छ ।
    madan kumar ojha
    इनोक लुब्रिकेन्ट्स गुणस्तरीय छ भनेर विश्वस्त पार्ने आधारहरु के के हुन् ?
    पहिलो कुरो त इनोक लुब्रिकेन्ट्स दुबई सरकारको पूर्ण स्वामित्वमा सञ्चालित कम्पनीको उत्पादन हो । सरकारी कम्पनीको उत्पादन भएपछि गुणस्तरमा सम्झौता हुँदैन । दोस्रो कुरा गुणस्तर राम्रो भएकाले नै युरोप र अमेरिकामा बजार विस्तार भइरहेको छ । इनोकले अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपिआई) को मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेको छ । फलस्वरुप इनोकका हरेकजसो बट्टामा एपिआईको लोगो अंकित गरिएको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएका पछिल्ला ग्रेड र प्रविधिलाई इनोकले आत्मसात गरेको छ । विश्वका प्रतिष्ठित अटोमोबाइल कम्पनीले आफ्नो सवारीसाधनमा इनोक प्रयोग गर्न सिफारिस गरेबाट पनि गुणस्तरमा विश्वस्त हुन सकिन्छ ।

    कस्ता किसिमका सवारीसाधनमा बढी खपत भइरहेको अवस्था छ ?

    इनोकको खपत सवारीसाधनमा मात्र सीमित छैन । औद्योगिक प्रायोजनमा पनि उत्साहजनक प्रयोग भइरहेको छ । हालका दिनमा इनोक लुब्रिकेन्ट्सको खपत अटोमोटिभमा ६० र औद्योगिकमा ४० प्रतिशतका दरले भइरहेको छ । अटोमोटिभअन्तर्गत मोटरसाइकल, प्राइभेट कार, कमर्सियल गाडी र हेभी इक्युपमेन्टसम्ममा उत्तिकै राम्रो प्रभाव छ । प्राइभेट कारहरुमा प्रयोग गरिने सिन्थेटिक र सेमिसिन्थेटिक बेसको लुब्रिकेन्ट्समा इनोकको लोकप्रियता बढिरहेको छ । अहिले बजारमा हामी सिन्थेटिक सेग्मेन्टमा नम्बर वान छांै । यसको मतलब अन्य सेग्मेन्टमा हामी कमजोर छौं भन्न खोजिएको चाहिँ होइन ।

    नेपालमा सिन्थेटिक लुब्रिकेन्ट्सको भविष्य कस्तो देख्नुहुन्छ ?
    युरोप र अमेरिकालगायत अन्य विकसित देशमा सिन्थेटिक लुब्रिकेन्ट्सको विकल्प छैन । यस्ता देशमा मिनरल बेसका लुब्रिकेन्ट्स विस्थापित भइसकेका छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा हामीकहाँ आयात हुने अधिकांश सवारी भारतीय ब्रान्डका छन् । ती सवारीमा अझै पनि मिनरल बेसका इन्जिन आयल बढी मात्रामा प्रयोग गरिन्छ । निजी सवारीको हकमा भने बढी मात्रामा सिन्थेटिक लुब्रिकेन्ट्सको प्रयोग हुन थालेको छ । यसले अबको बजार सिन्थेटिकको हो भन्ने संकेत गर्छ ।
    भारतीय ब्रान्डका लुब्रिकेन्ट्सले अहिलेसम्म पनि सिन्थेटिक लुब्रिकेन्ट्स उत्पादन गर्न सकिरहेको अवस्था छैन । यद्यपि पछिल्लो समय केही बहुराष्ट्रिय ब्रान्डले भारतमै सिन्थेटिक लुब्रिकेन्ट्सको उत्पादन गर्न भने थालिसकेका छन् । अहिले भारतमै पनि कार सेग्मेन्टमा सिन्थेटिक लुब्रिकेन्ट्सको प्रयोग बढिरहेको छ । विस्तारै त्यसको प्रभाव नेपालमा पनि पर्दै जानेछ । अबको ५÷७ वर्षपछि सिन्थेटिकले मिनरल बेसका लुब्रिकेन्ट्सलाई विस्तारै विस्थापित गर्ने निश्चित छ ।

    सिन्थेटिक लुब्रिकेन्ट्स प्रयोग गर्दा हुने फाइदाका बारेमा बताइदिनुस् न ?
    सिन्थेटिक लुब्रिकेन्ट्समा प्राकृतिक वस्तुको मिश्रण गरिएको हुँदैन । जसका कारण यस्ता लुब्रिकेन्ट्समा सवारी साधनको इन्जिनलाई हानि गर्ने कुनै तत्व भेटिँदैन । मिनरल बेसका लुब्रिकेन्ट्स प्राकृतिक चिजबाट निर्माण गरिने हुँदा यस्तो लुब्रिकेन्ट्समा सवारी साधनको इन्जिनलाई आवश्यक पर्ने वा नपर्ने सबै किसिमका तत्व भेटिन्छन् । जसले इन्जिनलाई क्षति समेत पु¥याउन सक्छ । सिन्थेटिक लुब्रिकेन्ट्सले सवारी साधनको इन्जिन बलियो र मजबुत बनाउनुका साथै सवारी साधनको आयुसमेत बढाउन मद्दत गर्छ । बातावरणमैत्री समेत हुने भएकाले सिन्थेटिक लुव्रिकेन्ट्सले वनस्पति तथा अन्य जिवजन्तुको स्वास्थमा कुनै असर गर्दैन । यस्तो इन्जिन आयल प्रयोग गरिएको सवारी साधनको पर्फरमेन्ससमेत उच्च हुन्छ । मिनलरको तुलनामा सिन्थेटिक लुब्रिकेन्ट्सको उपयोगिता दुई गुना बढी हुन्छ ।

    नेपालको लुब्रिकेन्ट्स बजार कस्तो छ ? उपभोक्ता कत्तिको सचेत छन् ?
    नेपालमा लुब्रिकेन्ट्सको बजार वार्षिक २० देखि २५ प्रतिशतका दरले वृद्धि भइरहेको छ । बजारमा पाँच दर्जन बढी लुब्रिकेन्ट्स कारोबार भइरहेका छन् । सानो बजारमा धेरै ब्रान्ड भएपछि कडा प्रतिस्पर्धा हुनु स्वाभाविकै हो । तर, गुणस्तरमा भन्दा मूल्यमा हुने यस्तो अस्वस्थ प्रतिस्पर्धाले व्यवसायी आफैं मारमा परेका छन् । सबै बिक्रेताले आआफ्नो लुब्रिकेन्ट्स गुणस्तरीय भएको दाबी गरिरहेका छन् । यस्तो अवस्थामा उचित लुब्रिकेन्ट्सको छनोट कसरी गर्ने भन्ने सबालमा धेरैजसो उपभोक्ता अन्योलग्रस्त छन् । तर पछिल्लो समय उपभोक्ता सचेत भने भएका छन् । पहिले मूल्यमा बढी जोड दिने उपभोक्ता अहिले गुणस्तरमा सजग हुन
    थालेका छन् ।