CanadaKhabar.com

Friday, April 26, 2024 -
  • जन्मदिन यसरी मनाउने कि?

    विकाश बोहरा/क्यानाडाखबर संवाददाता ,बझाङ्ग

    आफ्नो जन्मदिनको अवसर पारेर केहि पुण्य गर्न चाहानुहुन्छ वा सामाजिक सेवा गर्,चिमाञ्चल विकास क्षेत्रको पहाडी विकट जिल्ला बझाङ्गको भैरवनाथगा.वि.स.मा रहेको सामुदायिक विद्यालय भैरव उ.मा.वि. झोता बझाङ्गमा स्थापित डोब  (DATE OF BIRTH) पुस्तकालय वि.स २०७१ सालमा उक्त विद्यालयका शिक्षक नेत्र प्रसाद पोखरेलको पहलमा स्थापितभएको हो । सुरुमा स्थानिय विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य पाठकहरु आफ्नो जन्मदिन मनाउन पुस्तकदानगर्न आँउथे , अहिले त छिमेकी जिल्लाबाट पनि यहाँ पुस्तकदान गर्दै आफ्नो जन्मदिन मनाउन आँउछन भन्नुहुन्छ पोखरेल । पुस्तकालयको स्थापना भएसँगै जन्म देखि मृत्यु पर्यन्त गरिने फजुल खर्च लाई रचनात्मक काममा प्रयोग गर्न लागेका छन् । पुस्तकालयको स्थापनासँगै थुपै्र विद्यार्थी तथा आसपासका अभिभावक तथा पाठकहरु लाभान्वीतभएका छन् । पहिला पहिला पसल, होटल र चोक मा भेला भएर बस्ने स्थानियहरु अहिले खालि समयको सदुपयोग गर्न पुस्तकालय आउने गरेका छन् । पुस्तकालय स्थापना भएसँगै पढने बानी तथा पाठकहरुको पनि संख्या वृद्धि भएको छ । अझ पुस्तकालयले आफ्नो वर्ष गाँठमा वर्षभरि सबैभन्दा बढी पुस्तक पढ्ने व्यक्तिलाई पुरस्कृत गर्न थाले पछि त पुरष्कार जित्ने होडबाजी नै चल्ने गरेको बताउनुहुन्छ भैरव उ.मा.वि.का शिक्षक तथा क्याम्पस प्रमुख राजेन्द्र गिरी ।

    स्थापनाको छोटो अवधिमा यसले स्थानिय एवंम राष्टिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हालयसमा ५२४ साधारण, ४ आजिवन, २२ विशिष्ट, ५ मानार्थ सदस्य सहित करिब २००० पुस्तक रहेका छन् । यस पुस्तकालयमा कसैले सहयोग गरे भने पुस्तकालयमा कम्प्युटर राखेर कम्प्युटर शिक्षा दिने योजना रहेको पोखरेल बताउनुहुन्छ । यस पुस्तकालयलाई अझ व्यवस्थित गर्ने कुरामा तपाई पनि हैसेमा होस्टे गर्न चाहानुहुन्छ र आफ्नो जन्मदिनमा पुस्तकदान गरेर पुण्य कमाउन चाहानुहुन्छ भने यस डोब पुस्तकालयका प्रवर्तक शिक्षक नेत्र प्रसाद पोखरेल को सम्पर्क नं. ९७४९०१३२६३ मा फोन गर्न सक्नुहुन्छ र आर्थिक सहयोग गर्न इच्छुक दाताहरुले पुस्तकालयको नाममा रहेको राष्टिय बाणिज्य बैक बझाङ्ग शाखाको च.हि.नं. ४११०००६१३६०१ मा सहयोग गर्न सक्नुहुन्छ सहयोग दाताहरुको फ्रेम फोटो पुस्तकालयको भित्ता मा राख्ने चलनपनि रहेको छ ।