CanadaKhabar.com

Friday, April 26, 2024 -
  • क्यानाडामा ‘छक्का पन्जा’ प्रदर्शन गरिदैं

    क्यानाडाखवर संवाददाता – टोरोन्टो, क्यानाडा

    हांस्यकलाकार दिपाश्री निरौलाद्वारा निर्देशित चर्चित सिनेमा ‘छक्का पन्जा’ क्यानाडामा प्रर्दशन गरिने भएको छ । क्यानाडाको स्थापित नेपाली रेडियो ‘रेडियो नमस्ते’ को पहलमा फिल्म देखाउन लागिएको हो ।

    टोरोन्टो मिसिसागा स्थित ‘सिनेस्टार्ज मुभी थिएटर’मा आउंदो नोभेम्बर २७ गते फिल्म प्रर्दशन हुनेछ । नेपाल लगायत अन्य मुलुकहरुमा नेपालीहरुको मन जित्न सफल चर्चित  सिनेमा ‘छक्का पन्जा’ले झन्डै १५ करोड ब्यापार गरेको दावी निर्माण पक्षले गर्दै आएको छ ।

    chhakaa-panjaa

    हरेक महिनाको अन्तिम आईतवार नेपाली कथानक चलचित्रहरु ग्रेटर टोरोन्टो एरियाको विभिन्न सिनेमाहलहरुमा नियमित प्रदर्शन गर्ने तयारी गरिएको नेपाली रेडियोका प्रमुख एवमं एनआरएन पुर्व अध्यक्ष अनिल थापाले बताए ।

    नेपालमा चर्चा कमाएका उत्कृष्ट चलचित्रहरुलाई यहाँंको नेपाली समुदायसम्म ल्याउने यो प्रयास नेपाली सिनेमा प्रेमी क्यानाडावासीका  लागि अंमुल्य अवसर बन्ने कुरामा दुईमत नरहला ।