CanadaKhabar.com

Friday, April 26, 2024 -
  • जाडोमा सुन्तला खाँदा यस्ता छन् फाइदा

    जाडो याममा घाम ताप्दै रसिलो सुन्तला खानुको मज्जा बेग्लै हुन्छ । तर, यसले सर्दी लगाउने भन्दै धेरै मान्छे खान अनकनाउँछन् । सुन्तला गुनिलो फल हो । यसले स्वास्थ्यलाई अनेक फाइदा पुर्याउंछ ।

    क्यान्सरको जोखिम घटाउँछ
    सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

    मिर्गाैला स्वस्थ राख्छ
    सुन्तला खाइरहने गर्नाले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

    कलेजो जोगाउँछ
    सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

    कोलेस्टरोल घटाउँछ
    सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

    मुटु बलियो बनाउँछ
    सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

    भाइरल इन्फेक्सन हटाउँछ
    सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

    कब्जियत खुलाउँछ
    कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

    आँखा तेजिलो बनाउँछ
    सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

    रक्तचाप नियन्त्रण गर्छ
    सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

    छालाको सुरक्षा गर्छ
    सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।