CanadaKhabar.com

Friday, April 26, 2024 -
  • स्वतन्त्र नारी !

    योगेश ढकाल 

    चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर |

    अप्तोपुरुष भन्दछन्, हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो | हाम्रो शरीर पनि शुक्र र शोणीतको मिलनले बनेको हुन्छ, वैज्ञानिक यही भन्दछन् | हाम्रो संस्कारमा पनि अदियोगी शिवलाई अर्दनारी को संज्ञा दिईएको छ | भनिन्छ, पुरुष उर्जा पुरुषार्थको प्रतिक हो, बल, पराक्रम, आक्रोश र विध्वंसको प्रतिक हो, र महिला उर्जा सृस्टि, रचना, धैर्य र प्रेम को |
    पितृसत्ताको तिन हजार वर्ष को इतिहासमा पाच हजार वटा युद्ध भए | हाम्रो इतिहासका सबै पाना हत्यारा र शोसकका चित्रले भरिएका छन्, जसलाई हामी भगवान मान्दछौं | अनौठो छ | यदि बल र पुरुसर्थलाई  मात्रै जीवन चलाउने माध्यमम मान्नेहो भने पक्कै पुरुषको सत्ता चल्ने छ, लाखौं वर्ष  देखि जस्तै महिलाको दमन हुनेछ | हाम्रो समाजको अहमको मुढताले गर्दा कति महिला बुद्ध र आइन्स्टाइन दबिए होलान् वा अझ कति  शिर्ष व्यक्तिले फूल्ने मौका पाएनन् होला |
    हजारौं बर्सको निन्दा छ | न महिलालाई  बोक्सिको आरोपमा  जलाउने कसुर बाँकि छोडियो, र न मायाको खेल भनेर सुखभोग्कगको  साधन बनाउन थाँती राखियो |

    निकै दुर्भाग्यको कुरा हो कि हामी सुन्दर भिन्नतालाई मतभेदको आधार बनाउछौँ | सामान्य फरकलाई सत्ता र दमनको खेल बनाइदिन्छौँ | यो प्रसंगमा चाहिं डार्विनको सिदान्त बडो घातक ठहरिन्छ, साचैंनै हामी बाँदरकै सन्तान हौँ | तर अब प्रश्न सत्ता र दमनको खेलको होईन | प्रश्न सन्तुलित जीवनको हो, प्रश्न सुन्दर संसारको हो |
    महिला हिंसा रोकियो, पक्कै रोकियो | तर कानुनमा मात्रै, पानामा मात्रै | सामाजिक यतार्थ अलि तितो छ | महिला हिंसा विरुद्ध आवाज उठाउनेहरुको पनि आखाँमै देखिन्छ, त्यो मनोबैज्ञानिक तस्करी प्रस्टै देखिन्छ | आफूँलाई  एक्कैसौं सताब्दीका सर्वश्रेस्ठ प्राणी भन्दै आफ्नै गुणगान गाउने हामीबीच अजैपनि लैंगिक असमानता र नारी हिंसाका बारेमा बहस उठ्नु निकै लज्जास्पद कुरा हो |
    शिव र शक्ति, यिंग र यांग – दुइ धुर्वको सन्तुलन नमिलेसम्म द्वन्द सधै चलिरहन्छ | त्यसैले पहिला आफूभित्रको स्त्रीउर्जा प्रति सम्मान भाव नजागेसम्म नारि एकता र लैंगिक समानताक बारेमा गरिने भासण सायदै व्यवहारिक होलान् | नारी दमनको यो सुक्ष्म खेललाई समूल निर्मुल पर्ने जिम्मेवारी हरेकको कांदमा गम्भिरतापूर्वक महसुस हुन जरुरि छ, जसको लागि पहिला आफैंलाई बनाउन जरुरि छ | र हरेक सचेत बर्गले आफू भित्रको चेतनालाई रचनात्मक ढंगले आवाज बनाउन जरुरि देखिन्छ | ताकी कुनै नारिले आफ्नो स्वतन्त्रताको लागी लड्न नपरोस् | नारीलाई लड्न सिकाउन भन्दा केहि अबुझलाई  फूल्न सिकाउँदा ठिक होला | र महिलालाई किनबेच गर्न मिल्ने बजारको समानको नजरले हेर्नल़ाई अगाडीको पांग्रा निकालेर एउटा  साइकल दौडमा भिडाईदिनपर्छ | उठाउन्, चाहेजस्तै एक्पंग्रे दौडको मजा |
    यहाँ नारिजातिले यो सुक्ष्म खेलबाट सचिकै स्वतन्त्रता पाएको दिन सायाद पुरै जगतलेनै  स्वतन्त्रता पाउँने छ र आजको दिन  तयस्को प्रतिक हुन सक्छ | त्यसैले आजको दिन भभ्य मनाऔँ , यती भभ्य कि आज गरिने हरेक काममा स्त्रिशक्तिको झलक आओस, कविता को झलक आओस, सृजनाले ठाउँ पोस |