CanadaKhabar.com

Friday, April 26, 2024 -
  • गायक खुमनले लगाए सुशीलालाई बरमाला लगाए (भिडियोसहित)

    काठमाडौं । चर्चित लोक गायक खुमन अधिकारीले दोस्रो बिहे गरेका छन् । अधिकारीले गत सोमबार नक्सालको एक घरमा हिन्दु परम्पराअनुसार नै गायिका सुशीला गौतमसँग दोस्रो बिहे गरेका हुन् ।
    उनले किन दोस्रो बिहे गरे त ? यसबारे तल प्रष्ट्याइएको छ । पढ्नुहोस्
    गायक अधिकारी र गायिका  गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्यूजिक भिडियोको सुटिङ थियो । रियल बिहेमा हुने सबैकुरा देखिने त्यो माहोल एउटा रिलको लागि मात्र तयार पारिएको हो ।
    त्यही बिहे गरेको उक्त भिडियो आजदेखि बजारमा आएको छ । लोकप्रिय गायिका गौतमको नयाँ पञ्चेबाजा गीत ‘माइतीघरको माया’ बोलको गीत बजारमा आएको हो ।
    गायक खुमन अधिकारी र सुशीला गौतमले आवाज दिएको गीतमा गौतमको आफ्नै लय तथा शिव हमालको शब्द रहेको छ ।
    म्यूजिक भिडियोमा पनि गायक अधिकारी र गायिका गौतमको नै अभिनय देख्न सकिन्छ । गौतमले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।
    लोक दोहोरी गीतमा यसरी गायक गायिका नै बेहुलाबेहुली भएर मोडलिङ गरेको सम्भवतः पहिलो रहेको बताइएको छ ।  भिडियोमा मोडल महेन्द्र गौतम र रिना थापाले पनि अभिनय गरेका छन् । उनीहरुलाई बेहुला बेहुलीको लोकन्तीको भूमिकामा देख्न सकिन्छ ।
    गायिका गौतमले आफ्नै युट्युबमार्फत गीतलाई बजारमा ल्याएकी हुन् ।