CanadaKhabar.com

Friday, April 26, 2024 -
  • नेपालीपनको झल्को दिने चलचित्र ‘झमक बहादुर’

    काठमाडौं । नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो ।
    नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्धन्द्धलाई देखाउन खोजिएको यस चलचित्रलाई यूबी फिल्मस् ग्यालरीले निर्माण गर्न लागेको हो ।

    चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा (सरापे), सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहनेछ ।
    काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन् । भोमन कटुवालकोे निर्देशन रहने यो चलचित्रलाई तारादेवी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन् ।