CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • क्यानेडियन गायक जस्टिन बीबरको भारतमा ब्यापक डिमाण्ड , सुनेर छक्क पर्नुहुन्छ !

    २१ बैशाख, एजेन्सी ।

    विश्व चर्चित क्यानेडियन पप गायक जस्टिन बीबर आगामी ७ मेमा कन्सर्टका लागि भारत आउँदैछन् । बीबरले १० मेमा मुम्बईको डीवाई पाटील स्टेडियममा प्रस्तुती दिनेछन् । भारत आउनअघि बीबरले सुरक्षादेखि बसोबाससम्म विभिन्न माग गरेका छन् ।

    बीबर आफ्ना १२० साथी तथा प्रतिनिधिका साथ होटलमा उपस्थित हुनेछन् । उनको उपस्थितिका लागि १० लक्जरी कारबाहेक दुई भोल्भो बस उपलब्ध गराइनेछ ।

    बीबरलाई नीजि सुरक्षा बाहेक अतिरिक्त सुरक्षाका साथ–साथै महाराष्ट्रको प्रहरीको सुरक्षा पनि दिनेछ । बीबरले आफ्नो तर्फबाट स्टेजको पछाडि ‘जेकुजी’को व्यवस्था गर्न आग्रह गरेका छन्, जसले गर्दा उनी स्टेजमा जानुअघि रिल्याक्स हुन सकुन् । त्यस्तै, स्टेजकै पछाडिपट्टि मसाज टेबल, कबर्ड, वासिन मेनिस, सोफा सेट, टेबल टेनिस, प्ले स्टेशन गरेर १० कन्टेनर्सको व्यवस्था गरिएको छ ।

    सुरक्षालाई ध्यानमा राख्दै दुई पाँचतारे होटलको व्यवस्था गरिएको छ । बीबरको कोठा होटलको सबैभन्दा शान्त भागमा हुनेछ भने उनले खाने खानाको नाम उनको चर्चित गीतको बोलबाट राखिनेछ । उनी बस्ने कोठा बैगुनी रंगले रंगाइने छ, जुन उनको सबैभन्दा मनपर्ने रंग हो । बीबर प्रवेश गरेपछि होटललाई व्यक्तिगत घरमा परिवर्तन गर्नेछन्, जसको ३ वटा तला बीबर र उनका साथीहरुका लागि रिजर्भ हुनेछ ।

    बीबरका लागि एक प्राइभेट जेट र हेलिकप्टर पनि व्यवस्था गरिएको छ, जसले गर्दा बीबरको माग तुरुन्तै पूरा हुन सकोस् । बीबर स्टेडियममा हेलिकप्टरबाटै पुग्नेछन् । त्यस्तै, बीबरका लागि चाँदीका भाडा, ताजा फूल, सुगन्धित मैनबत्ती र नरिवाल पानी, हर्बल टी, ताजा फलजस्ता स्वस्थ्य खानेकुराको व्यवस्था गरिनेछ । बीबरका लागि स्पेशल मालिस एक्सपर्टको पनि व्यवस्था गरिनेछ ।

    खबरअनुसार, बीबरले आफ्नो ड्रेसिङ रुममा सेतो रंगको पर्दा मात्र राख्न माग गरेका छन् । उनको अरु मागमा, ठूलो ग्लास डोर रेफ्रिजरेटर, कपडा राख्ने आलमारी, आठ पावर पोइन्ट र दर्जनौ सेता रुमाल समावेश छन्।

    यस्तो तयारीको खबरले बीबर गायक होइनन् बरु निकै असन्तुष्ट व्यक्ति हुन भन्ने चर्चा समेत सामाजिक सञ्जालमा चल्ने गरेको छ।