CanadaKhabar.com

Friday, April 26, 2024 -
  • क्यालगरिमा दुलालद्धारा उमेदवारी घोषणा

    प्रकाश क्षेत्री – क्यालगरि व्युरो
    एन.आर.एन क्यानाडाको आसन्न चुनावका लागि क्यालगरीबाट माधव दुलालले आफनो उमेदवारी घोषणा गरेका छन । आज क्यानाडाखवर.कम क्यालगरी व्युरोसंग कुराकानी गर्दै उनले सो कुरा खुलासा गरेका हुन ।

    एनआरएन क्यानाडाले जुलाईमा देशभरबाट आफनो नयाँ प्रतिनीधि चयन गर्दैछ । सोही चुनाव मार्फत क्यालगरी मात्र नभएर सिंङ्गो अलवर्टाको शसक्त प्रतिनिधित्व गर्न उनले आफनो उमेदबारी रहेकोे भन्दै अलवर्टामा सुस्ताएको एनआरएनलाई प्रतिनिधित्व गर्ने र केन्द्रसम्म शसक्त भुमिका खेल्न आफनो विकल्प नरहेको दावी समेत गरेका छन । उनले एनआरएनमा राजनीतिक शुद्धिकरणको प्रक्रिया अलबर्टाबाट शुरु हुने र यसको नेतृत्व आफुले गर्ने बताए । उनले भने “एनआरएन प्रति बढदै गईरहेको सुस्तपन र राजनीतिकरणको अन्त्य गरि संस्थालाई सामाजिक संस्थाको रुपमा विकास गर्ने कार्य अलवर्टाबाट शुरु भैसकेको छ र यसको नेतृत्व म गर्दैछु”। दुलाल क्यालगरीका इन्स्युरेन्स व्यवसाय हुन उनीे क्यालगरीका विभिन्न सामाजिक संस्थाहरुसंग पनि आवद्ध छन ।
    त्यसो त अहिले सम्म कसैको पनि निर्वाचन आयोगमा औपचारिक उमेदवारी दर्ता भैसकेको भने छैन । एनआरएन क्यानाडाका लागि क्यालगरीमा खटिएका निर्वाचन अधिकृत राजेन्द्र गौतमले निर्वाचनका लागि आवश्यक तयारी भैरहेको बताए । उनका अनुसार सदस्यता नविकरण तथा वितरण सकिएपछि क्यालगरिका लागि प्रतिनीधि संख्या तोकिने र त्यहि आधारमा उमेदवारी दर्ता शुरु हुने छ । उनले सदस्यता वितरण तथा नविकरण खुल्ला भैसकेको जनाउँदै भने “जुन महिना भरि साधारण सदस्यता वितरण तथा नविकरण खुला गरिएको छ । एनआरएन क्यानाडाको वेवसाईटबाट सिधै सदस्यता लिन तथा नविकरण गर्न सकिने व्यवस्था मिलाइएको छ । ”
    अघिल्ला चुनावमा क्यालगरिबाट निर्विरोध प्रतिनीधि पठाउने गरिएको थियो । यस पटक क्यालगरीको प्रतिनीधि संख्या घट्न सक्ने संभावनाले गर्दा चुुनावमै जान पर्ने आवश्यकता हुन सक्छ । गौतमका अनुसार सदस्यताका आधारमा क्यालगरीका लागि प्रतिनीधि संख्या तोकिने हुनाले निर्विरोध वा चुनाव भन्ने कुराको टुङ्गो लागि सकेको छैन ।

    (आसन्न एनआरएन क्यानाडाको चुनाव अधिबेशन बिशेष सामाग्रीहरु प्रकाशन गर्ने तयारी गर्दैछौं सरोकारवालाहरुलाई सामाग्री उपलब्ध गराउन अनुरोध छ । ) – सम्पादक

    Save