CanadaKhabar.com

Friday, April 26, 2024 -
  • एनआरएन क्यानाडा उन्नयनका पाँच मार्गचित्र

    फणिन्द्र (कुसुम) ज्ञवाली

    आदरणीय अग्रज तथा प्रीय मित्रहरू
    एनआरएन क्यानेडाको NCC सदस्य उमेदवारको रूपमा मेरो एजेन्डा सार्वजनिक गरिसकेको छु। मेरा अवधारणाहरू नेपाली जातीय पहिचानको प्रवर्धन, नेपालसँगको अटुट नाताको संवर्धन र प्रवासी नेपालीको आर्थिक समृद्धी हो। दीर्घकालीन सामाजिक र आर्थिक उन्नतिका लागी भिजन र नीतिको आवश्यकता हुन्छ, उदाहरणार्थ प्रविधीको यति ठूलो उन्नति गर्दा पनि हामीले अनलाइन भोटिंग जस्तो बैज्ञानिक पद्दति अपनाउने मौका पाएका छैनौ। मूलत एनआरएन नीति निर्माण, योजना तर्जुमा र एडभोकेसी जस्ता मुल कार्यभार बोकेको संस्था हो। यसका यशोसियट सदस्य भइ स्थानीय रूपमा कार्यरत संस्थाहरूले नीति कार्यक्रम अनुसारका परियोजना सञ्चालन र उदेश्य प्राप्तिमा केन्द्रित हुन्छ। यसै सन्दर्भमा मेरा योजना र कार्यक्रम यस प्रकार छन्।

    १। एनआरएन क्यानडाको पुनर्संरचना
    नेपालीमुलको जनसँख्या 50 हजार भन्दा बढी छ क्यानडामा भनिन्छ तर NRN क्यानडाको सदस्यसंख्या 3 हजारको हाराहारीमा छ। 90 प्रतिसत नेपालीहरू किन चाहेनन् एनआरएन अभियानमा सहभागी हुनरु सदश्यताको लागी अनुरोध गर्न जाँदा के पाइन्छ यो सदश्यता लिएर के गर्ने भनेर धेरैले सोध्नु हुन्छ समुदायमा। गैरआवासीय नेपाली नागरीकता, सामुदायिक नेपाली समाज, संस्कृति लगाएतका धेरै काम एनआरएनबाट नभएका हैनन् तर पनि यो सत्य हो हामी मूर्तढंगले नेपालीहरूको मन छुने गरी एनआरएनबाट काम भएको अनुभूति दिलाउन सकेको छैनौ। क्यानडियन नेपालीको जनगणना गरी निर्क्योल गर्न समेत नसकेको अबस्थामा योजना बनाउदा र कार्यान्वयन प्रभावकारी नहुनु स्वाभाविक छ। तथ्याङ्क विना योजना बनाउनु उक्ति संगत हुदैन। म चाहान्छु क्यानडा रहेका नेपालीको आम जनगणना गरौ। एनआरएन यस्ता सामान्य लाग्ने धेरै गर्न सकिने काम गर्न चुकिरहेको तथ्यका लागी म स्वयम पनि सदश्यको हिसावले जिम्मेवारी बोध गर्छु।

    त्यसैले मैले एनआरएनको पुनर्सँरचना भन्ने अबधारणा अगाडि सारेको छु। स्थानीय नेपाली समुदायको सदश्यतासँगै एकिकृत रूपमा एनआरएन क्यानडाको सदश्यता विस्तार गर्दा हालकै अबस्थामा पनि यो संख्या आधा बढ्ने देखिन्छ। स्थानीय रूपमा रहेका नेपाली समुदायको निश्चित सदस्यसंख्या रहेको आधारमा प्रतिनीधी एनआरएनमा पठाउने गर्दा एनआरएन प्रत्यक्ष रूपमा स्थानीय सरोकारसंग जोडिन जान्छ, यसले एकातर्फ अपनत्वको विकास हुन्छ र अर्कोतर्फ गलत राजनैतिक नियतले “पैसा खर्च गरेर भएपनि चुनाव जितेर नेता बन्ने” गलत प्रबृति निरुत्साहित हुन्छ।

    समुदायबाट सर्वसम्मत ब्यक्तित्वलाइ प्रतिनीधी बनाउन गतहप्ता मैले नेपाली समुदायलाइ समेतलाइ निम्त्याएर छलफल गरेको थिए तर सहमति भने हुन सकेन यसले के देखाउँछ भने एनआरएन स्थानीय सरोकारमा भन्दा गलत राजनीतिको चंगुलमा फसेको छ। एनआरएन क्यानडाका केही पूर्व पदाधिकारी समेत मानवतस्करीमा सम्वद्द भएको देखापर्नु समेत अर्को डरलाग्दो पक्ष छ। एडमन्टनको नेपाली समुदायले कार्यसमिति सचिवलाइ एनआरएनमा प्रतिनिधित्व गराउने अभ्यासले एडमन्टनमा निकै सकारात्मक प्रभाव रहेको देखिन्छ। यसैले विधानमा ब्यबस्था गरेर विधिसम्मत ढंगले एकिकृत सदस्यता र समुदायका कार्यसमितिका ब्यक्तिलाइ प्रतिनिधित्व गराउने अभ्यासलाइ मैले एनआरएनको पुनर्सँरचना भनेको छु।

    २। गैरआवाशीय नेपाली नागरिकता
    नेपालको माया छ, नेपालको संस्कृति भाषाको माया छ, नेपालमा जायदात र नातासम्वन्धहरू छन्। हाम्रो मुटुमा नेपाल छ त्यसो भएपछि नेपालसंगको बैधानिक अटुट नाता रहिरहोस् भन्ने हाम्रो चाहाना हो। गैरआवाशीय नेपाली नागरिकताको हाम्रो माग नेपालका राजनैतिक पार्टिहरूले सम्विधानमा उल्लेख गरेर हाम्रा अभियान आधा सफल भएको छ, त्यसको लागि कानुनी रूपमा कार्यविधी बन्न बाकी छ । नेपालमा संघीय संसद बनेपछि यस्ता कानुन बनाउन विश्वब्यापी नेटवर्केग गरेर पहल गर्ने मेरो उदेश्य छ। त्यसकारण मैले एनआरएन क्यानडामा उपाध्यक्षको लागी इच्छा जाहेर गरेको छु। नेपालका विभिन्न आन्दोलनमा चाहे त्यो छुवाछुत विरूध्दको होस् वा नागरिक सर्वोच्चताको पक्षमा होस्। लोकतन्त्रको पक्षका होस् वा समानता र समावेसी समाजको पक्षमा होस्, मैले सधै जनचेतनाको अभियानमा सहभागी भएँ, त्यो पनि नितान्त भोलुन्टिएर रूपमा बरू आफैले अभियानलाइ चन्दा दिएँ, कुनै एनजिओवाट प्रायोजित भएर गइन। त्यस्तो विगतको आधारमा धेरैवटा पार्टिका नेताज्यूहरू, कर्मचारीका उच्चपदस्त जनसेवकहरूसँग नेटवर्क विकास भयो जुन कुराले मलाइ यो गैरआवासीय नागरिकताको अभियानलाइ अझ प्रभावकारी बनाउन सहयोग हुनेछ।

    ३। प्रोफेसनल नेटवर्किग र इन्टरप्रेनरसीप विकास
    नेपालीहरू निकै राम्रा ब्यवसायिक पद र प्रतिस्ठा पाएको अबस्थामा छन् क्यानडामा तर अर्को तर्फ ब्यवसायिक इन्जिनिएर, नर्स, एकाउन्टेन्ट, लेक्चरर, डाक्टर जस्ता ब्यक्तित्वले आफ्नो रूची र क्षमताहरू अनुरूपको काम पाइरहनु भएको छैन। त्यसैले मैले प्रोफेसनल नेटवर्क बनाएर नेपाली प्रतिभाहरूले राम्रो काम पाउने र प्राज्ञिक विकास गर्ने अबसरको आधार तयार पार्ने योजना बनाएको छु। को, कुन कम्पनीमा, के काम गर्छरु कुन पेसामा जान के के कुरामा जान्नुपर्छ जस्ता नितान्त प्राविधिक कुराको लागी तथ्यांक संकलन प्रोसेसिंग् निरन्तर गरिरहने छौ। यसरी मैले विभिन्न पेशा व्यवसायमा संलग्न ब्यक्तिहरूको प्रोफेसनल नेटवर्क विकास गर्ने टिम निर्माण गरी स्थानीय नेपाली समुदायको सहकार्यमा यसलाइ अगाडी बढाएर धेरै नेपालीहरूलाइ प्रोफेसनल काम पहुँच पुर्याउने मेरो योजना बनाएको छु। यसले सामुदायिक एकता सुसम्वन्ध र हार्दिकताका लागी मैले प्रयास गरिरहने छु।

    ४। सहकारी, FDI र नेपाल र गैरआवाशीय नेपालीको आर्थिक विकास
    एनआरएन क्यानडाको माध्यमबाट एनआरएन बिश्वसंगठनको ग्लोबल बास्केट फन्डमा लगानी जम्मा पारेर नेपालमा लगानी गर्ने अभियानमा संस्थागत रूपमा क्यानडा सहभागी हुन थालेको ४ बर्ष जति भयो। त्यो अभियानका लागी क्यानडामा संस्था दर्ता गरेर काम थाल्दा देखि म प्रत्यक्ष संम्लग्न छु भनेर भन्न पाउँदा मलाइ गौरव लाग्छ। टोरन्टो र भ्यानकुभरमा बिस्तार भैसकेको र क्यानडाका अरू धेरै सहरमा एनआरएनको बास्केट फन्डमा लगानी गर्ने सम्पर्क(संरचना बनाएर धेरै भन्दा धेरै नेपालीलाइ FDI मा सहभागी गराएर नेपाल र लगानीकर्ता गैरआवासीय नेपालीको ससानो पुँजी निर्माणबाट फाइदा पुराउने मेरो योजना छ। नेपालमा बन्न लागेका धेरै फाइदादायक योजनाहरूमा लगानी गर्ने पहिलो अबसर नेपालीले पाउनुपर्छ विदेशी साहुकारले होइन भन्ने अभियानलाइ प्रबर्धन गरेर गैरआवासीय नेपालीहरूको दिर्घकालीन आर्थिक विकास मेरो सपना हो।

    नेपाल सरकार उर्जा मन्त्रालयले नेपालको पानी जनताको लगानी जस्ता कार्यक्रम लिएर हाम्रो गैरआवासीय नेपालीको FDI (Foreign Direct Investment) अभियानलाई सहकार्य गर्न अग्रसर भएको छ, अन्य मन्त्रालय र निकाय पनि यसमा केन्द्रित भएको अवसरमा हामीले ‘मौकामा हिरा फोर्न’ सक्नुपर्छ। म एनआरएन अभियानबाट यसरी नेपालीहरूको आर्थिक विकासको सम्भावना पहिल्याउन चाहन्छु। म कुनै निश्चित प्रोडक्ट नेपाली समुदायमा बेचेर नाफा कुम्ल्याउने उद्देश्य Vested Interest लिएर आएको छैन।

    ५। सकारात्मक सोँच सहितको सामुदायिक अभियान
    समुदायका सकारात्मक सोचको प्रबर्धन गर्न विपश्यना ध्यान, भावातित् ध्यान, आनन्दप्रज्ञा ध्यान, योग र सत्संगत लगायतका माध्यमबाट मन र जिवनलाइ सुद्द बनाउनै लैजाने कार्यक्रमका साथै सार्वजनिक रूपमा, सोसलमेडिया समेत गालिगलौज नगर्ने तथ्यपरक शालीन समालोचना मात्र गर्ने अभियान सन्चालन गरी समुदायमा मैत्रिपूर्ण सम्वन्धको विस्तार गर्ने अभियान चलाउने मेरो योजना छ। मित्रता, दया, प्रेम र सदभाव सद्भावहरूको प्रबर्धन भनेको नेपालको र पूर्विय सभ्यताको प्रबर्धन हो। हाम्रा हेरिटेज विश्वले अपनाउने नवजागरणमा गइराखेको अबस्थामा हामीले त्यसको प्रयोग र प्रबर्धनबाट फाइदा लिन चुक्यौ भने गोजीमा सुनका डल्ला बोकेर भोकभोकै सुत्ने मूर्ख सावित हुने छौ। स्वस्थ समाज, स्वस्थ चिन्तन, सकारात्मक विचारले ब्यक्तिभित्रको असिमीत उर्जाको उपयोग गर्दै परिवार र समाजको रूप बदल्न सकिन्छ।

    एकताबद्द नेपाली समाज, समुन्नत नेपाली समाज, हार्दिक र प्रेममय नेपाली समुदायको अभियान सहित म पुन एनआरएन क्यानडाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गर्नुहुन समग्र प्रबुद्द समुदायसंग आग्रह गर्दछु।

    फणिन्द्र (कुसुम) ज्ञवाली
    +1 587 225 7396
    http://thekusum.blogspot.ca