CanadaKhabar.com

Friday, April 26, 2024 -
  • सौगातले ल्याए ‘बम्बैको सारी’

    नेपाली महीलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा पत्रकार तथा गायक सञ्जय सौगातले बम्बैको सारी लिएर आएका छन् ।
    गायक स्वयमकै शब्द तथा संगित रहेको उक्त गीत गत शनिबार म्ूयूजिक नेपालको यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो । आशिष म्यूजिक कम्पनीको बजार व्यवस्थापनमा बजारमा आएको उक्त गीतमा गायिका पुर्णकला वि.सीले सौगातलाई स्वरमा साथ दिएकी छिन । सो गीतलाई तीन दिनमै ६३ हजार दर्शकले हेरिसकेका छन् । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल तथा निर्देशक शंकर बि.सी. र करिश्मा ढकालको साथै रिता राईको अभिनय रहेको छ । तिलक वलीको म्यूजिक एरेन्ज रहेको सो गीत अत्यन्तै उत्कृष्ट बनेको निर्देशक तथा मोडल बि.सीले बताए । एक दशकदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका सौगातले यस अघि रसै चाख्नलाई, ‘संगै बसम भो’ लगायतका एल्वमहरु बजारमा आइसकेका छन् । भने लोकदोहोरी एल्वम बैंस जोवन तीज पश्चात रिलिजको तयारीमा रहेको छ ।
    हेरौ उनको बम्बैको सारी: