CanadaKhabar.com

Friday, April 26, 2024 -
  • राहत संकलनमा जुट्दै क्यालगरीबासी नेपालीहरु

    १२ अगस्ट, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    लगातारको अविरल बर्षाका कारण मुलुकका अधिकाँस भुभाग जलमग्न भएको छ । बाढिको कारण मृत्यु हुनेको संख्या पनि बृद्धि भैरहेको छ । यस संगै तराईका बाढि प्रभावित जिल्लामा सर्वसाधरणको जनजीवन थप कण्टकर बन्दै गइरहको छ ।
    प्रभावितहरुको दैनिक जीवनलाई राहत प्रदान गर्न भन्दै क्यानाडाको क्यालगरीमा कार्यरत नेपाली संघ संस्थाहरु धमाधम राहत संकलन गर्न लागि परेका छन ।
    नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आफना सदस्यहरुलाई इमेल मार्फत राहत संकलनका लागि अनुरोध गरेको छ । संस्थाको आज साँझ बसेको आकस्मिक बैठकले आफना सदस्यहरुलाई एनआरएन क्यानाडाको इमरजेन्सि भिक्टिम फण्डमा चाहेको रकम जम्मा गर्न अपिल गर्ने निर्णय गरेको अध्यक्ष धुव्र राईले बताएका छन ।
    त्यस्तै किराँत याक्थङ्ग चुम्लुङ्ग क्यानाडाले पनि आफना सदस्यहरुलाई राहत संकलनका लागि इमेल मार्फत अनुरोध गरेको बताएको छ । संस्थाले आफनै अगुवाईमा सदस्यहरुबाट राहत संकलन भैरहेको जनाउदै संकलित रकम कहाँ र कसरी पठाउने निर्णय भने गरि नसकेको संस्थाका सचिव नविन न्याल्वो लिम्बुले क्यानाडाखवरलाई जानकारी दिएका छन ।