CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • एडमण्टनमा डाइरेक्टर राते काइलो नाटक मञ्चन

    ५ माघ, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    अलबर्टा राज्यको एडमण्टन शहरमा शनिवार् डाइरेक्टर राते काइलो’ नामक नेपाली नाटकको मञ्चन गरिएको छ । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्य सहित नेपलिज क्यानेडियन एशोसिएशन अफ एडमण्टनले ल्होसार तथा अग्रेजी नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा उक्त नाटक मञ्चन गरिएको थियो ।

    निश्चल नेपालद्धारा निर्देशित करीव १० मिनेट लामो उक्त हाँस्य नाटकमा कलाकारद्धय निश्चल नेपाल र सम्झना जोशीले जीवन्त अभिनय गरेका थिए ।
    करीव २ सय जनाको सहभागीता रहेको कार्यक्रममा नेपाली कला संस्कृति झल्किने संगीत मझेरी एडमण्टनद्धारा विभिन्न खालका नेपाली सांगितिक प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु इश्वर खत्री, राजेन्द्र छहारी, निश्चल नेपाल, सुरज खतिवडा, अर्जुन रसाईली र मात्रिका गौतमले विभिन्न लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरेका थिए ।

    यस्तै विष्णु ज्ञवालीेले बासँुरी धुन र रेवती गैरापिल्लीले तवला बजाई दर्शकदीर्घालाई भरपुर मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रम सुरज अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।