CanadaKhabar.com

Friday, April 26, 2024 -
  • मिसिसागामा खुल्ला टेबलटेनिस प्रतियोगिता हुँदै

    क्यानाडाखबर संबाददाता – टोरोन्टो ।

    आउंदो २८ जनवरी शुक्रबार क्यानाडाको मिसिसागामा खुल्ला टेवलटेनिस प्रतियोगिता आयोजना गरिने भएको छ । लालिगुरास स्पोट्स एण्ड कल्चर क्लबको आयोजनामा पहिलो पटक खुल्ला टेबलटेनिस प्रतियोगिता आयोजना गर्न लागिएको हो । मिसीसागाको टोम्केन स्थित बटास एटलान्टिक स्पोर्टस हलमा हुने प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले ५० डलर शुल्क बुझाउनु पर्नेछ ।

    खेलमा प्रथम हुनेले ५०० डलर,दोस्रोले ३०० र तेस्रोले २०० डलर पुरस्कार पाउने आयोजकले बताएको छ । खेलमा सहभागी हुन चाहने खेलाडीहरुले आयोजक संस्थाका प्रतिनिधिहरु सुनन्द सुबेदी  र आशिरर्बाद सुबेदीलाई संपर्क गर्न लालिगुंरास क्लबले आग्रह समेत गरेको छ ।