CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • क्यानडामाथी नेपालको सनसानीपूर्ण जित संगै अब नेपालले विश्वकप छनोट खेल्ने पक्का

    अहिले भर्खरै सम्म्पन्न आइसीसी विश्व क्रिकेट लिगबाट वर्ल्ड कप क्वालिफायरमा नेपाल छनोट छ । डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । यो जितसँगै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ।

    विन्डोकस्थित एफिज पार्क मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

    हारको अवस्थामा पुगिसकेको नेपाललाई करण केसीले अन्तिम बलसम्म खेलेर ४२ रन बनाउँदै जित दिलाए। ३१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। करणलाई क्रिजमा सन्दिप लामिछानेले अन्तिमसम्म साथ दिए। यद्यपी सन्दिपले गतिलो व्याटिङ गर्न सकेनन्। १८ बल खेलेका उनले मात्र ५ रन बनाए।

    सुरुमै उपकप्तान ज्ञानेन्द्र मल्ल (९) र कप्तान पारस खड्कालाई (०) मा गुमाएर दबाबमा परेको नेपालको इनिङ ओपनर दिलीप नाथले उकासेका थिए। ६८ बल खेलका दिलीपले ५ चौकासहित ४१ रन बनाए। रोहित पौडेलले २७ र आरिफ शेखले २६ रन जोडे। दिपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा नेपालले सोमपाल कामीले ७ र शरद भेष्वाकर १ रनमा गुमायो।

    क्यानडाका लागि सेसिल परभेजले ३ तथा निखिल दत्त र साद वफरले २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर श्रीमन्थ विजेरत्नेको नटआउट १०३ रन मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर १९४ रन बनाएको थियो।

    यो खेल संगै क्यानाडाको स्थान डिभिजन टु मै यथावत रहेको छ ।