CanadaKhabar.com

Wednesday, December 25, 2024 -
  • क्यानडाको अलबर्टास्थित जंगलमा लागेको आगो नियन्त्रणमा कठिनार्इ

    अाेटावा । क्यानडाको अल्बर्टा राज्यमा लागेकाे भीषण अागलागी नियन्त्रण बाहिर जान थालेपछि थप समस्या निम्तिएकाे छ । भीषण अागलागीका कारण त्यहाँको मुख्य सडकखण्डमा समेत क्षति पुगेको छ ।

    आगलागीले अल्बर्टा राज्यमा रहेको मुख्य राजमार्गको दुई सय फिट भन्दा बढी क्षेत्रमा असर परेकाे छ । सरकारी अधिकारीले आगलागी अबको चौबीस घण्टामा दोब्बर हुने जनाएका छन् ।

    fire

    अल्बर्टा राज्य र त्यसआसपासको क्षेत्रलाई खाली गर्दै सरकारले उक्त क्षेत्रमा रहेको तेल उत्पादन कम्पनी खाली गरेको छ ।

    आगलागी प्रभावित क्षेत्रका करिब पाँचहजार भन्दा बढी सर्वसाधारणलाई हवाईर्मागबाट सुरक्षित स्थानमा सारिएका छ भने चार हजार नागरिकलाई पहिले नै सुरक्षित स्थानमा राखिएको थियो ।canada_wildfire

    हजार भन्दा बढी सवारी साधनलाई आगलागी भएको स्थानबाट सुरक्षित स्थानमा लगिएको छ । शहरको दक्षिण क्षेत्रबाट सवारी साधनलाई सुरक्षित स्थानमा सारिए पनि हाल भने उक्त क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ ।

    उक्त क्षेत्रमा बाक्लो धुवाँको कारण आवतजावतमा बन्द गरिएको प्रहरी अधिकारी ज्याक पोट्सले बताएका छन् । अल्बर्टामा सरकारले   संकटकालीन अवस्थाकाे घाेषणा गरेकाे छ ।

    याे पनि पढ्नुहाेस्

    भिषण आगलागीपछि क्यानडाको अलबर्टामा संकटकाल