CanadaKhabar.com

Saturday, November 23, 2024 -
  • मानबलाई दानव बनाउदै पुजिबाद

    नबिन पन्थी

    केही दिन पहिले कलेजको साथिको दुर्घटनाको बिसयमा हामी किर्तिपुर प्रहरी बृतको मुद्दा फाटमा बसेर छलफल गर्दै थियौ,यतिकैमा एक जना वृद्ध बुबा र अर्को एकजना ४०-५० उमेरको दाईको आगमन हुन्छ सर “कोहो भेटिएको छ रे नि ? ”

    प्रहरी : “हो आज बिहानै भेटीएको एउटा लासको फोटो छ “।

    वृद्ध : “मेरो छोरो हराएको आज चार पाँच दिन भो खै फोटो हेरुम त ?

    प्रहरी : हुलिया त युबाकै छ हेर्नुस त मर्निङ्ग बाल्कमा निस्किएको मान्छे जस्तो छ,दुई चार दिनदेखी पानीमा रहेकाले हुर्नुस त भन्दै आफनो फोनमा फोटो देखाउछन्न।

    प्रहरी : “निलो गोल्ड स्टार जुत्ता,कालो ९० लेखेको ट्राउजर र निलो भालेको लोगो भएको कल्बको जर्सी लगाको छ तपाईं छोरा ले के लगाउनु भको थियो ?

    वृद्ध : ” त्यो त खै टोलाउदै थाहा भएन तर मनिङ्ग बाल्कमा निस्किएपछि सम्पर्क मै छैन छोरा हराएको छ “।

    प्रहरी : “खै फोटो हेरुम त ? ”

    वृद्ध : “ल हेर्नुस त”।

    प्रहरी : “अर्को छैन ? ”

    वृद्धले प्रहरी बाट ठूलो फोटो लिदै पासपोट साईज फोटो प्रहरीलाई देखाए प्रहरीले शव टिचिन्ङ्ग अस्पतालमा राखिएकोले उतै जान आग्रह गरे तर वृद्ध ब्यक्तिले आफ्नो छोरो नभएको आकलन गर्दै थिए अझ पनि छोरा जिबित भेटिने आशा लिएर अस्पताल तिर खिन्नहुदै लागे।

    उनी निस्किएपछि बुढाकै छोरा भएको सबैले आँकलन गरे म भने वृद्धको बैशाखि नभाचियोस भन्ने कल्पना गरिरहे । केही बर्ष पहिलेको गाउँले समाज जहाँ एक घरमा केही मीठो कुरा पाक्दा अर्को घर्कोलाई बोलाई बोलाई नखुबाउदासम्म हाम्री हजुरआमा नैली बजैको चित कहाँ बुझ थियो र अम्बा,उखु,अमिलो,आरु बखडा छिमेकिका भुरा भरी आएर खादा र खुबाउन पाउँदा बज्जै सार्है खुशी हुने गर्नुहुन्थियो,सबै सगोल परिबारमा बस्दाको मज्जा बेग्लै हजुरबुबा र हजुराआमाका साथिहरु न नातिनातिनाको स्याहार गर्दै उनिहरु सङ्ग खेल्दा बाजे बजैको आयु जहिले पनि बढेकै हुन्थियो।

    बिहान साझ खाना खाने बेलामा छोराछोरि,नातिनातिनी कसैले खाना कम खाए किन आज यसलाई के भो भनेर घरको क्याबिनेट बैठक नै बस्थियो कसैलाई पनि एक्लोपनको महशुस नहुने घर थियो । मानै परिबार नै सुन्दर शान्त र विशाल देश थियो।

    यति बिकास भोकी आज बाजे बजै सङ्ग कोहि पनि छैन्न छन्न त केबल फुर्सा यादहरु सम्झनामा केही थान खुशी आज गाउँ शून्य छ,पधेरो मुनिको चौउर खाली छ, ठुला पोखरीको बरिपरि झाडि बनिसकेको छ अनि पिपलको रुखमा आज पिङ्ग छैन सुनसान छ,पहिला त्यहा बसेर जुनकिरोको उज्यालोमा बासुरि बजाउने राईला बाजे अनि तिनौ सङ्गै झुम्मिने केटाकेटीहरु सहरमा आफ्ना ड्याडी मम्मिले सङ्ग छन्न,दिउसो स्कुल जान्छन्न बेलुका घर पर्किएपछि होमवर्ककै चटारो उसका बुबा र आमा सङ्ग उसका लागि समय नै छैन । छ त केबल पैसा छ र पुजी छ जसले उ रिसाउदा फोन,आईप्याड,ल्यापटप दिएर फकाईन्छ उ पनि भर्जुअल दुनियाँ रमाउने भएको छ।

    आज उसलाई बाबू आमा भन्दा पनि डिपाट्मेण्ट पसलका गुडियाहरु राम्रा लाग्छन्न. पुजिबादले आज मानिसलाई यति उपभोक्ताबादी बनाको छ कि आज बाजे बजै आउँदाको खुशिमा छैन नातिनातिनी उनिहरु बजारमा नयाँ आएको मोटर बाईक नपाउदाको बिलौना छन्न आज सहरमा बस्ने उसका ड्याडी मम्मिलाई पनि गाउँबाट आउने पाउनाहरु देख्दा दिक्क लाग्छ किनकि यो शहरको महङ्गी र आबश्यकता भन्दा माथी उठ्नु नस्कनु र शहरले यस्तो बनाको छ कि आज पुजि अनुसारका आफन्तहरु हुन्छन् , हिजो जात,धर्म,भाषाभेष रहनसहनको आधारमा बर्ग हुन्थियो आज लाग्छ पुजिकै आधारमा आफन्तहरु बनाईन्छन्न ।

    आज घरको सदस्यहरु एक आपसमा देखा मात्र पर्छन्न एकोहोरो मुहार नहेरेको बर्सै भएको छ,आधी घण्टा घरका सद्स्यको क्याबिनेट बस्नु सक्दैन,सबैलाई हतारो छ चटारो आफ्नो खुशी भन्दा पनि फलानाको बिलैनामा रमाउने बानी छ र त उ आज एक्लो छ बिल्कुल, छ त उसङ्ग उच्छ महत्बकान्छा,अहंकार छ, पुजिबादी हुनुको घमण्ड छ र उस्ले बिस्तारै रोज्छ पुजिबाद्को चरम आनन्द आत्महत्या।

    हिजोको जस्तो घर्म,जात,भाषाभेषको आधारमा विभेद छैन राम्रो कुरा हो आज पुजिको आधारमा जुन विभेद छ यो निन्दनीय छ । ऐतिहासिक भैतिक बादको नियम अनुसार समाज बिकसित हुँदै छ यो राम्रो कुरा हो र तर पुजिबाद्को यो चरण पछि समाजबाद हुँदै साम्यवाद त आउछ् आउँछ तर पुजिबादी संसारमा बाच्दा मानबता र खुशी हाम्रो समाज र नारा छिमेकी जिउदाको जन्ती र मर्दाको मलामी नबिर्सै !

    (लेखक पन्थी क्यानाडाखबर डटकमका लागि नेपाल म्यानेजर हुन् )