बिहानै उठ्छु घरको छतमा रहेको गुलाब सगै गमलामा अरु फुलहरु पनि ढकमक्क फुलेका छन्न, घरको छतबाट नजिकै रहेका छुनुसकिएलाकी जस्तो अर्घाखाँची सन्धिखर्क शान्तिबगैचा भित्र फुलेका आपका बोटमा रहेका फुलहरुको बास्ना हाबाको झोक्काले फुल सङ्गै उठाएर ल्याउछ माथितिर अनि माथी छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु त्यो पनि गज्जबसङ्ग पलाउदै छ,नयाँ पालुबा लाग्दै छ अनि घर अगाडि हेर्दछु छतबाट नराम्रो देखिने झारहरु पनि आज सुन्दर फुल जस्तै फुलेका छन्न यता उता अगाडी पछाडी अनि छिमेकिको घरको छत करेसाबारी डाँडाकाडा ओहो जताततै सुन्दर फुल जताततै हरियाली ।
अनि मेरो चोकमा रहेको घरबाट बाटोमा जहिले गाडिको आबाज र गाईगुई हुने आजभोली केही दिनदेखी त शान्त सडक छ बाटोमा गाडी छैन । अरु बेला सयै र हजार सम्म पुग्ने ठाउँ लाग्छ कतै टाढाको गाउँमा छु र आनन्दित भई भईराखेको छु ।
बिरामी पृथ्वी तङ्गिदै छ र प्रकृतिमा नयाँ पालुबा पलाउदौ छन्न र बसन्त ऋतुले ऋतुराजको रुपमा मलाई स्बागत गर्दै छ,आहा कति रमाईलो र यतिकैमा बहिनिको आबाज आयो दाई “नयाँ भेटियो नि?” म झस्याङ्ग भए के कस्सो भेटियो भन्ने कुरै भएन कोरोना भेटियो भन्ने मैले बुझे अनि फोनको लक खोल्दै हेर्दैछु । ए आज त शनिबार पो रहेछ म आको पनि १४ दिन अरुबेला दुईहप्ता किनकी यो बेला २-१४ दिनमा कोरोना लक्षण देखा पर्छ,मनमनै खुसी पनि भए, र दुईहप्ता देखि घरमै बसिराछु यार म काठमाडौ छदा कहिले मेरो डेरा किर्तिपुरबाट बागबजार कतिबेला बानेश्वर त कहिले कता कता बिहानै निस्किएको म ८-९ बजे बज्नेगरी डुल्ने साथि भाई भेट्ने विभिन्न कार्यक्रमा सहभागि हुने, बहस गर्न मेरो दैनिकी फेरिएको छ,घरभित्रै बसेको छु ।
यो समयमा समय कसरी सदुपयोग गर्ने भनेर कहिले भान्सा त कहिले करेशामा काम गरिराखेको छु, अनि केही किताबहरु पनि पढ्दै छु, बिहान बेलुका कित योग गर्दछु नत्र नाच्न गाउन पनि सिक्दै छु,कसरी घर भित्रै खुसी हुन्न सकिन्छ भनेर खुसी खोज्दौ छु । आफुलाई यो पृथ्वी यो प्रकृति जसरी पुजीवादी उत्पिडन्न चरम दोहनले कुरुप बन्दै गएको थियो आज विश्व भरिका मजस्तै ब्यक्तिहरु लकडाउनमा छन् ।
यो क्रममा मान्छेले आफ्नो श्रम न्यून वा कतै कतै त शून्य नै प्रयोग गरि आफ्ना आबस्यकता पूरा गर्दैछ जसले प्रदुषणले ग्रस्त प्रकृती पनि तङ्गिदै छ्न् र यतिबेला मैले जसरी सबैले प्रबिधिको प्रयोग गर्दौ घरमै मेरा काठमाडौमा भेट हुने साथी देखि बिदेशी साथी र आफन्तहरु सङ्ग पनि कुरा गर्दौ छु,मेरा बिदेशी मित्रको चिन्ता छ मलाई र उनिहरुलाई मेरो पनि यो रोगले जोडेको छ हामिलाई अब यो लकडाउनमा पछि निस्कदा हामी मानवकल्याण,प्राकृतिक स्रोत र साघनको उचित प्रयोग,बिज्ञान र प्रबृतिको बिकास,विश्व भातृत्ब र सद्भाव ब्यक्त गर्नु पर्दछ र मानव सभ्यता बचाउने आफुपनी बच्ने ठूलो अभिभारा म मा छ जस्तो लाग्छ र जसरि खटिरहेका डाक्टर,नर्स,सुरक्षाकर्मि,सन्चारकर्मी जस्तै म पनि जिम्मेबार सिपाही म मा पनि जिम्मेवारी घर भित्रै बसेर कोरोनाबाट बच्ने मेरो देश,सरकारलाई सहयोग गर्नी यो महामारी सकिएपछि मेरो स्बागत गर्नु आतुर दुलही जसरी वसन्त ऋतुले सिगारिएको मेरो प्रकृति सङ्ग रमाउने त्यसका लागि म सङ्गै अहिले लकडाउनमा भएका तमाम मानब र प्रकृति तङ्गिए जस्तै हाम्रो सोच परिबर्तन गरेर घरमै बसौ लकडाउनको सदुपयोग गरेर बाच्न जो आबस्यक छ ।
पन्थी क्यानाडाखबर डटकमका लागि नेपाल ब्युरो संयोजक हुन् ।