CanadaKhabar.com

Friday, May 10, 2024 -
  • दुलहीको माया खोज्दै गायक बुद्दीसागर बस्याल ( भिडियो सहित )

    क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

    चर्चित गायक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलहीको माया’ सार्बजनिक भएको छ। लामो समयदेखी क्यानडा रहदै आएका गायक केहीसमय यता नेपालमा छन् । लाखौं स्रोता दर्शकमाझ सुपरिचित गायक बस्यालले आफ्नै यूट्युब च्यानल बुद्धिसागर बस्यालमार्फत आज (शुक्रबार) पञ्चेबाजामा आधारित ‘दुलहीको माया’ सार्बजनिक गरेका छन् ।

    गायक बुद्दीसागर बस्याल र देवीका घर्तीमगर आवाज रहेको यो गीतलाई गायक स्वयमले संगित दिएका छन् । मोडल दुर्गेश दापा र स्टु कार्की, गायक बस्याललगायत कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्

    विवाहलगत्तै नव दुलहीलाई छोडेर प्रदेशीनु पर्ने लाखौं नेपालीको वाध्यत्मक परिस्थितीलाई गीतको माध्यमाबाट देखाउने प्रयास गरिएका यस्ता गीत नेपाली दर्शक श्रोताले रुचाउने गाएक बस्यालको विश्वास छ ।

    पुरा भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।