CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • भक्सवागनका गाडी चड्दा आफुलाई सान्दार महसुस गर्छु – रेखा शाह

    सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा, तिमीलाई केही हुँदै नहोस्, एक दिन तिमी फर्की आउने छौं, तिमी नजिक छौं जस्ता एक सयभन्दा बढी गीतहरू गाएर धेरैको मन मस्तिष्कमा राज गर्न सफल गायिका रेखा शाह निजी सवारी साधनको बारेमा सचेत छिन् । उनले आफ्नो पहिलो निजी सवारी साधन टोयटा कोरोलालाई बनाएकी थिइन् । जुन सेकेन्ड हेन्ड थियो । १२ वर्ष अगाडि, उनले यसलाई निजी सवारी साधन बनाएकी थिइन् । rekha
    उक्त कारलाई उनका श्रीमान्ले आफ्नो लागि किनेका भए पनि त्यसलाई उपभोग गरिन् । साना गाडीको अर्थात् स्कुटीलगायतका सवारी साधनको अनुभव नभएको बताउने उनले दोस्रो सवारी साधन सेन्ट्रो कारलाई बनाइन् । सेन्ट्रोसँग उनको यति धेरै लगाब भयो कि उनी भन्छिन्– ‘म त्यस कारमा धेरै चोटि रोएकी छु, धेरै चोटि हाँसेको पनि ।’ सेन्ट्रो कार उनले अहिलेसम्म चढेका सवारी साधनमध्ये बढी नै मन पर्ने बताउँछिन् । यसको सिट अग्लो र अगाडिको दृश्य स्पष्ट देखिने भएकाले पनि आफूलाई बढी मन पर्ने उनको तर्क छ । आफ्नो तेस्रो निजी सवारी साधन एस्कोडाको फाबिया लाई बनाएकी उनले २४ लाख ४५ हजारमा खरिद गरेकी हुन् । rekha1
    श्रीमान् र आफ्नै कमाइले अहिलेसम्म तीनवटा निजी सवारी साधन टोयटा कोरोला, सेन्ट्रो र एस्कोडाको फाबिया खरिद गरेकी उनले द लाइन, स्मृति र आकृति गरी एल्बम पनि तीन वटा नै निकालेकी छन् । उनी चौथो एल्बम रेखाको तयारीसँगै चौथो निजी सवारी साधन लिने सोचमा छिन् । अबको उनको सवारी साधन भनेफक्सवागन पोलो हुनेछ । यो उनको ड्रिम कार पनि हो ।
    ०४९ सालमा रेडियो नेपालमा अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा उनको स्वरमा रहेको सिमसिमे पानीमा गीतले प्रथम स्थान चुम्न सफल भएपछि गीत सङ्गीतमा पूर्णरूपमा लागेकी उनीलाई केही म्युजिक भिडियोहरूमा मोडलका रूपमा पनि देख्न पाइन्छ । rekha sha3धादिङ जिल्लाको धुवाकोट रातमाटेमा माघ २४ मा बुवा गणेशविक्रम शाह र माता रत्नकुमारी शाहको कोखबाट जन्मिएकी रेखा शाह रेखा फाउन्डेशनमार्फत सामाजिक कार्यहरूमा पनि सक्रिय रहँदै आएकी छन् । उनी यस फाउन्डेशनकी अध्यक्षसमेत हुन् । यस संस्थाले द्वन्द्व पीडित र अन्य समस्यामा रहेका बालबालिकाहरू साथै स्कुलहरूलाई सहयोग पु¥याउँदै आएको छ । आठ कक्षामा पढ्दादेखि नै गायनमा रमाउन थालेकी उनी उमेर अनुसार भोकलमा पनि परिवर्तन आउने बताउँछिन् ।
    देशविदेशका धेरै ठाउँहरूको यात्रा गरेकी उनी नेपालमा ट्राफिक समस्याको मुख्य कारण रुललाई फ्लो नगर्ने नै रहेको बताउँछिन् । सवारी धनीहरू र ट्राफिकहरू दुवैले यसलाई कडाइका साथ पालना र लागू गर्नुपर्ने उनको सुझाव छ । हामीकहाँ हुने दुर्घटनामा बाटो काट्ने समस्या, बाटोका कारण, नियमको राम्रोसँग फ्लो नगर्नु नै रहेको उनको बुझाइ छ । सावधानीपूर्वक र नियमपूर्वक सवारी साधन चलाउन मन पराउने उनी हाम्रो सडक पनि सेफ्टी नभएको बताउँछिन् । त्यसो त एक पटक उनी ट्राफिकको फन्दामा परेकी छिन्, कारण थियो लेन अनुशासन पालना नगरेकाले ।rekha sha1

    एक हजार जरिवानासमेत तिरेकी छिन् उनले त्यसबेला । हामी नेपालीहरूको गाडी चलाउँदा अलि मिचाहा खालको व्यवहार रहेको गुनासो छ उनको । लामो यात्रामा पोखरासम्म आफैँ सवारी साधन चलाएर गएकी उनी छोटो रुटहरूमा पनि आफैं नै चलाउने गर्दछिन् । उनी भन्छिन्– म एकदमै लिफ्ट नदिनेमा पर्छु तर लिफ्ट न दिनुको कारण कसैले घमण्डी भने पनि म त्यस्तोचाहिँ छैन । जिन्दगीको स्टेरिङ घुमाउन एकदमै गाह्रो हुने बताउने उनी गाडी र जिन्दगीसँग तुलना गर्न मिल्दैन भन्छिन् । गाडीलाई कहाँ कस्तो ठाउँमा लैजाने आफ्नै हातमा भए पनि जिन्दगीको सवालमा त्यो लागू नहुने उनको तर्क छ । श्रीमान् इन्द्र गुरुङका साथ सहयोगले आफ्नो क्यरियरमा थप इँटाहरू थप्न सफल भएको बताउने उनको विवाहको समयमा उनका श्रीमान्सँग थुप्रै सवारी साधन रहेका थिए ।
    विदेशका धेरै ठाउँहरूको पनि थुप्रै अनुभवहरू सँगालेकी उनी हाम्रो देशजस्तो सुन्दर सायद कतै छैन होला भन्छिन् । सम्पूर्ण कुराहरू राम्रो भए पनि देशले फड्को मार्न नसकेकामा चिन्तित देखिने उनी बाटो–घाटो, पुल–पुलेसा, विद्युत्, पानी लगायत विकासका पूर्वाधारहरूको विकास हुन जरुरी रहेको बताउँछिन् ।