CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • साइकल चड्ने बैकर

    मेरो जन्म भारतको मुम्बईमा भएको हो । बाल्यकाल उतै बित्यो । मैले स्नातकसम्मको अध्ययन पनि मुम्बईमा गरें । म सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने भावना जागृत भएको मान्छे हुँ । बुवा पनि यसले आर्मी वा पुलिसको जागिर खान थालिहालोस् भन्नुहुन्थ्यो । बुवाको इच्छाअनुसार पुलिसको जागिर खान नेपाल पनि आएँ । तर, नेपाल पुलिस नभई मुम्बई फर्किएँ ।

    jhapad sautha2
    छोरो पुलिसको जागिर नखाई मुम्बई फर्केको देखेर बुवा रिसाउनु पनि भयो । शायद, छोरोले भनेअनुसार गरेन र यसले भविष्यमा दुःख पाउँछ भन्ने लाग्यो होला बुवालाई । तर, मुम्बई फर्किए पनि म खाली बसिनँ । केही समयमै मुम्बई सेयर बजारमा ब्रोकरको रूपमा काम थालें । त्यसबाट थोरबहुत आम्दानी पनि हुन थाल्यो ।
    ब्रोकरको रूपमा मैले जागिर मात्रै गरेको थिएँ । तर, म जागिरले मात्रै पुग्छ भन्ने मान्छे हुँदै होइन । त्यसैले सेयर बजारमा ब्रोकरको काम गर्दै गर्दा ‘जेबी इन्भेस्टमेन्ट’ कम्पनी खोलेर आफ्नै व्यवसाय शुरु गरें । एकतिर जागिर, अर्कातिर आफ्नै व्यवसाय गर्दै जाँदा म विस्तारै व्यावसायिक क्षेत्रमा परिपक्व हुन थालें ।
    दुईतिरको कामले आम्दानी राम्रो हुन थालेपछि मुम्बईमा घर पनि बनाएँ । घरमा हामी परिवार सबै हाँसीखुसी नै बसेका थियौं । एक दिन बुवाले हामी सबैलाई छाडेर जानुभयो । त्यसपछि मुम्बईमा बस्न म लगायत परिवारका सबै सदस्यलाई रुचि भएन र त्यहाँ भएको सबै सम्पत्ति लिएर नेपाल आयौं ।
    नेपाल आउनेबित्तिकै कुनै व्यवसायमा हात हालिहाल्ने अवस्था थिएन । त्यसैले शुरुमा जागिर गर्नुपर्छ भन्ने सोचेर जागिरका लागि धेरैतिर धाएँ । सकेसम्म मुम्बईमा आफूले गरिरहेको व्यवसायको प्रकृति मिल्दो जागिर भइदिए हुन्थ्यो भन्ने लागेर त्यस्तै प्रकृतिको कार्यालयहरूमा धाइरहें । मैले जागिरका लागि सात, आठ हजार रुपैयाँ मासिक तलबको अपेक्षा गर्दथे । तर, नेपाली कम्पनीहरूले तीन÷ चार हजारसम्म मासिक तलब दिने अफर गर्दथे ।
    मसँग काम गर्ने क्षमता थियो । त्यसैले कार्यालयले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सक्छु भन्ने विश्वास राखेर आफूले चाहेको तलबअनुसार मात्रै काम गर्छु भन्ने जवाफ फकाउँथे । मैले अपेक्षा गरेअनुसारको तलब नपाउँदा केही ठूला बैंक तथा वित्तीय संस्थामा पाएको जागिरलाई वास्तै गरिनँ ।jhapad sauth1
    पछि एउटा गैरसरकारी संस्थामा आबद्ध भएँ । आम्दानी राम्रो हुने देखेर मैले आफ्नो इच्छालाई मेटेर केही समय गैरसरकारी संस्थामा काम गरिरहें । मेरो शुरुदेखिकै रुचि वित्तीय क्षेत्रमा थियो । त्यसैले गैरसरकारी संस्थामा धेरै दिन अड्न सकिनँ । मैले त्यहाँको जागिर छाडिदिएँ र मालिका विकास बंैक स्थापना गरें । नेपालकै तेस्रो विकास बैंकको रूपमा मालिकालाई स्थापना गर्न सफल भएँ ।
    त्यो समयमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिमलाई प्राथमिकता दिएकै थिएनन्् । शाखा सञ्चालन गर्न पनि बैंकहरू अनकनाउने अवस्था थियो । तर, मैले सुदूरपश्चिममै केन्द्रीय कार्यालय रहने गरी कैलीलीको टीकापुरमा मालिका बैंक स्थापना गरें । त्यतिबेला सुदूरपश्चिम क्षेत्रमा बैंकिङ गतिविधिबारे मान्छेलाई चेतना वृद्धि गर्नुपथ्र्यो ।
    मालिका विकास बैंक स्थापना गर्दाको शुरु दिन काम गर्न धेरै कष्टकर थियो । त्यतिखेर म साइकल चढेर बैंक जान्थें । आठ सय रुपैयाँमा किनेको साइकल चढेरै बैंक धाउने क्रम लामै समयसम्म रह्यो । त्यसपछि त मान्छेहरूले मलाई ‘साइकल चढ्ने बैंकर’ भनेर पो चिन्न थाले । अहिले सम्झँदा हाँसो उठ्छ, रमाइलो पनि लाग्छ ।
    मालिका बैंकलाई दह्रिलो वित्तीय संस्थाको रूपमा उभ्याउनु मेरो चुनौती थियो । संस्थाको खर्चमा मितव्ययी भई काम गर्नुपर्ने बाध्यताका कारण म आफैंले थोरै तलबमा काम शुरु गरें । त्यतिखेर तीन हजर रुपैयाँ मासिक तलबमा बैंकको महाप्रबन्धक भई काम गरेको थिएँ । त्यतिखेर गरेको संघर्षका कारण अहिले मालिका विकास बैंक राष्ट्रियस्तरमै परिचय बनाउन सफल भइसकेको छ ।
    जागिरसँगै आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मेरो किशोरावस्थाको मान्यतालाई यहाँ पनि लागू गरें । मालिका विकास बैंकको जागिरे हुँदै गर्दा स्वराज ट्याक्टरको बिक्री पनि शुरु गरें । सुदूरपश्चिममा स्वराज ट्याक्टरको अधिकृत बिक्रेता भई व्यवसायमा हात हालेको मैले त्यसपछि अटोलाई मुख्य व्यवसाय बनाएर अघि बढिरहेको छु ।
    हालसम्म आइपुग्दा मैले टाटा मोटर्स जस्तो विश्वविख्यात गाडी निर्माता कम्पनीको अधिकृत बिक्रेता भई काम शुरु गरेको छु । डेढ वर्षदेखी टाटाको गाडीहरू सुदूरपश्चिम क्षेत्रमा सफलतापूर्वक बिक्री गरिरहेको छु ।