CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • माइलेज धेरै चाहनुहुन्छ ? यी कुरा ख्याल राख्नुस् !

    Car-Fuel- autoneपछील्लो समय सवारीसाधन प्रयोगकर्ताको     सङ्ख्या ह्ववात्तै बडेको छ । सवारी सङ्ख्या बडे सँगै  इन्धन खपतमा पनि संकट सुरु भए संगै  इन्धनको मुल्य पनि निकै बढेको छ । बड्दो मुल्य संगै आफ्नो सवारी साधनबाट बडी माइलेज लीई फाइदा लिन निम्न कुराहरुलाई ख्याल राख्नुहोस् ।
    कसरी बढाउने त माइलेज ?
    कार वा मोटरसाइकलको माइलेजको सीधा सम्बन्ध एयर फिल्टरसँग हुन्छ । धेरै दिनसम्म चलाउदा एयर फिल्टर फोहोर हुन्छ अर्थात् त्यसमा धूलो जम्मा हुन्छ । यसैको कारण गाडिको माइलेज कम हुन शुरु हुन्छ । फोहोर एयर फिल्टरले धेरै इन्धन सकिन्छ । इन्जनसम्म ठीक तरिकाले इन्धन प्रवाह हुन रोकिन्छ । त्यसैले समय समयमा एयर फिल्टरको सरसफाइ गरिराख्नु पर्छ ।

    टायर ख्याल राख्नुस्
    लामो समयसम्म चलाउँदा टायरमा हावाको दबाव बढ्छ । जसको कारण कार वा मोटरसाइकलको पाङ्ग्रामा हावा कम हुदै जान्छ । हावा कम भयो भने तपाईंलाई गाडि चलाउँदा धेरै एक्सलेटर चलाउनु पर्ने हुन्छ । धेरै एक्सलेटर चलाउनु भनेको धेरै इन्धन खर्च गर्नु हो । त्यसैले पाङ्ग्रामा हावाको प्रेसर बेला बेलामा जाँच गर्नुस् ।

    कारलाई ट्रक जस्तो नबनाउनुस्
    कार वा मोटरसाइकलमा गह्रुङ्गा सामान वा क्षमताभन्दा धेरै मानिस नराख्नुस् । कारमा एक्स्ट्रा टायर र सामान्य मर्मतका सामान भन्दा धेरै चिज नराख्नुस् । अर्थात् गाडिलाई भार पर्ने सामान नराख्नुस् । ५० देखि ६० किलोको सामान तपाईंको कारमा छ भने त्यो अर्को एक व्यक्तिको वजन बराबर हुन्छ । यसको असर कारको माइलेजमा पर्छ ।fuel
    पेट्रोल वा डिजेल भर्ने समय चलाख बन्नुस् 
    माइलेज बढाउन ख्याल गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा हो इन्धन भर्ने समय । हामी पेट्रोल वा डिजेल सकियो भने जतिबेला मनलाग्यो त्यतिबेला पेट्रोलपम्पमा गैहाल्छौं । तर यो गलत हो । माइलेजलाई राम्रो राख्नु छ भने सही समयमा मात्रै पेट्रोल वा डिजेल राख्नु पर्छ । सही समय भनेको विहान वा बेलुका हो । तेल हाल्न कि त विहानै या बेलुकामा मात्रै जाने गर्नुस् । किनकी दिउँसोमा तेलको इन्टेन्स्टीवीटी बढ्छ र तेल तातिन्छ । यसो भयो भने तपाईंको इन्धन धेरै खपत हुन्छ ।
    सही बाटो चिन्नुस्
    कयौं पटक सहि बाटो थाहा नपाएर हामी गन्तब्यमा पुग्दा लामो बाटो प्रयोग गर्न बाध्य हुन्छौं । लामो बाटो हिँड्दा धेरै इन्धन खर्च हुनु स्वाभाविक हो । त्यसैले तपाईं जान लागेको ठाउँमा पुग्ने सबैभन्दा छोटो बाटो कुन हो भनेर जानीराख्नुस् र त्यही छोटो बाटो मात्रै प्रयोग गर्नुस् ।