CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • अब काठमाडौंका मलमा प्रिपेड पार्किङ

    autonewsnepal parking newsकार्डको प्रयोग गरी मोबाइल रिचार्ज त हाम्रो दैनिकी भइसकेको छ । त्यस्तै अब सवारी पार्किङ गर्दा पनि रिचार्ज कार्ड प्रयोग गर्ने प्रविधि सुरू हुन लागेको छ । भर्खरै काठमाडौंमा सम्पन्न आइसिटी इलेक्ट्रोनिक्स ब्राण्डिङ एक्पोमा सफलतापूर्वक परीक्षण भएको प्रिपेड पार्किङ प्रणाली अब  काठमाडौंका मलहरूबाट प्रयोगमा आउन लागेको छ । छिट्टै नै  काठमाडौंका शपिङ मलहरूमा प्रिपेड पार्किङ सेवा सञ्चालनमा ल्याइने तयारी रकवेल इण्टरनेशलले गरिरहेको छ ।

    सुरुवातमा उपत्यकामा रहेका शपिङ मल तथा व्यापारिक भवनहरूमा उक्त सेवा सञ्चालनमा ल्याउन लागिएको रकवेल इण्टरनेशनलका कार्यकारी निर्देशक विजय बोगटी बताउँछन् । ‘सेवा सञ्चालनका लागि कम्पनीले शपिङ मलबाट नै सवारीधनीलाई निःशुल्क प्रिपेड कार्ड बाँड्ने तयारी गरेको छ,’ उनले भने, ‘आइसिटी इलेक्ट्रोनिक्स ब्राण्डिङ एक्स्पोमा प्रिपेड पार्किङको सफल परीक्षण सञ्चालन गरिसकेका छौं ।’ एक्स्पोमा करिब ६ हजार प्रिपेड कार्ड वितरण गरिएको थियो । निःशुल्क रूपमा प्राप्त गर्ने कार्डको प्रयोगले ग्राहकलाई खुद्रा पैसा बोक्ने झन्झटबाट मुक्त हुने तथा पार्किङ गर्दा ठगिनु पनि नपर्ने उनी बताउछँन् । त्यस्तै पार्किङबाट बाहिर निस्कँदा सवारी नम्बर तथा कार्डको ट्र्याक नम्बर परीक्षण गरिन्छ । दुवै नम्बर परीक्षण गरिने हुँदा पार्किङ स्थलमा गाडी चोरी हुने डरबाट पनि मुक्त भइने उनको दाबी छ ।

    पार्किङ सेण्टरमा कार्डको रिचार्ज गर्ने व्यवस्थासमेत हुन्छ । उक्त काउण्टरबाट ग्राहकले आफ्नो इच्छाअनुसार कार्ड रिचार्ज गर्न सक्नेछन् । पार्किङ गर्दा उक्त कार्डलाई मेशिनमा रिड गरिएको हुन्छ । त्यस्तै बाहिरिने समयमा कार्डको ट्र्याक परीक्षण गरी समयअनुसार शुल्क लिने गरिन्छ । वैशाखदेखि केही शपिङ मलमार्फत सुरू गर्न लागिएको प्रिपेड पार्किङ सेवा यो वर्षभित्र उपत्यकाका सबै व्यापारिक भवन तथा पार्किङ स्थलमा पु¥याउने कम्पनीको लक्ष्य छ । हाल महानगरपालिकाले उपत्यकाका ६० भन्दा बढी स्थानमा पार्किङ क्षेत्र तोकेको ट्राफिक प्रहरीको तथ्थाङ्कमा उल्लेख छ । प्रिपेड पार्किङ सेवा सुरु भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि सुधार आउने उनी बताउँछन् ।
    अहिले काठमाडौंमा महानगरले निर्धारण गरेको पार्किङ क्षेत्र पर्याप्त नभएको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाको भनाइ छ । ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु महानगरले ‘बाटोमा हुने’ पार्किङलाई नहटाएसम्म सवारी समस्या नहट्ने धारणा राख्छन् । हाल सवारी जामलगायत समस्या कम भएको भन्दै यो क्षणिक भएको उनले बताए । ‘प्रहरी सडकमा होउञ्जेल मात्र जाम कम हुने गरेको छ,’ उनले भने । अधिकृत पौडेल भने सडकमा पार्किङ स्थलको विकल्प नभएको बताउँछन् । महानगरले बाटोमा एक लाइन मात्र पार्किङ गर्ने अनुमति दिएको छ । तर, गाडीको संख्यामा भएको बढोत्तरीले बाटोको पार्किङ बढेको उनको भनाइ छ । हाल उपत्यकामा करिब ६ लाखभन्दा बढी गाडी गुड्ने गर्छन् । प्रत्येक पाँच वर्षमा विद्यमान सवारीसाधनमा दोब्बर सङ्ख्याले वृद्धि हुने यातायात व्यवस्था विभागको अनुमान छ । अहिले पार्किङ गरेको कसुरमा दैनिक औसत १० ओटासम्म सवारीसाधन कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । एक लाख गाडी हुँदा निर्धारित गरिएको पार्किङ स्थल ६ लाख पुग्दासमेत नबढेकाले ट्राफिक व्यवस्थापनमा समस्या आएको सम्बन्धित अधिकारीहरू बताउँछन् । महानगरले उपत्यकाका ६० भन्दा बढी स्थानमा पार्किङ क्षेत्र तोकेको ट्राफिक प्रहरीको तथ्थाङ्कमा उल्लेख छ । बानेश्वरदेखि थानकोटसम्म छुट्ट्याइएको ती स्थान ‘एकैपटक पार्किङ गर्ने हो भने’ केही हजारको सङ्ख्यामा सवारी अट्ने क्षमताका छन् ।
    अहिले बनेका अधिकांश व्यावसायिक भवनमा ‘अण्डरग्राउण्ड पार्किङ’को व्यवस्था छ । यसले निजी सवारीसाधनलाई भने सजिलो भएको छ । कमलपोखरीस्थित सिटी सेण्टरमा ३ सय ओटासम्म दुईपाङ्ग्रे (मोटरसाइकल÷स्कुटर) र डेढ सयको हाराहारीमा चारपाङ्गे्र (कार÷भ्यान) सवारीसाधन अट्छन् । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा ५ सय दुईपाङ्गे्र र २ सयसम्म चारपाङ्गे्र सवारी अटाउने क्षमताको पार्किङस्थल छ । सेण्टरमा दैनिक ७ सयभन्दा बढी गाडी पार्किङका लागि आउने गरेका छन् । दैनिक २ हजारभन्दा बढी दुईपाङ्गे्र सवारी पार्किङका लागि आउने सेण्टरमा सुरक्षालाई प्राथमिकता दिइन्छ । सुन्धारास्थित सिभिल मलको २ सय ५० ओटा गाडी र ३ सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्ने क्षमता रहेको छ । पाको, न्यूरोडस्थित आरबी कम्प्लेक्समा पनि २५ ओटासम्म गाडी र १ सय ५० ओटासम्म दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने क्षमता छ । त्यस्तै सुन्धारास्थित काठमाडौं मलमा पनि १ हजारको संख्यामा दुईपाङ्ग्रे र १ सय ५० सम्म चारपाङ्ग्रे सवारी अट्ने क्षमताको पार्किङ स्थल छ ।