CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • लोकप्रिय बन्दै टाटाका प्यासेन्जर कार

    नेपाली अटोबजारमा टाटा सर्वाधिक लोकप्रिय ब्रान्ड मानिन्छ । भारतमा निर्मित यी गाडी नेपाली बजारमा भित्रिएको करिब ३० वर्ष बितिसकेको छ । यो अवधिमा टाटाले नेपाली ग्राहकको विश्वास जित्न सफल भएको छ । टाटाका कमर्सियल गाडीले नेपाली सडकमा एकछत्र राज गर्दै आएकोमा पछिल्लो समय प्यासेन्जर कारलगायतका साना तथा हलुका सवारीले पनि सडकमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको पाइन्छ ।TATA-MOTORS-Indica-Vista-4891_4

    भारतीय बजारमा समेत टाटा बिक्रीका हिसाबले नम्बर वान ब्रान्ड रहेको जानकारहरू बताउँछन् । यही उपस्थितिलाई पछ्याउँदै नेपाली बजारमा पनि यो नम्बर वान सवारी ब्रान्ड बन्न सफल भएको छ । पछिल्लो समय विश्वप्रख्यात जुगर कम्पनीलाई टाटाले खरिद गरेपछि यसको लोकप्रियता विश्वबजारमा समेत चुलिँदै गएको हो ।
    बजारमा टाटाका जति सवारी रेन्ज अन्य ब्रान्डसँग नभएका कारण पनि यसको बजार आक्रामक रूपमा विस्तार भएको अनुमान गरिन्छ । हाल नेपाली बजारमा मात्र टाटाका प्यासेन्जर कारहरू डिजेल र पेट्रोलमा गरी विभिन्न १० मोडलमा उपलब्ध छन् । जसमध्ये सुमो र भिस्टा सर्वाधिक लोकप्रिय मोडल मानिन्छन् । देशका विभिन्न स्थानमा समेत सुमो सार्वजनिक यातायातको भरपर्दो सवारीका रूपमा प्रयोग हुँदै आएको छ । टाटाका ट्रक र बस सेग्मेन्टले बजारमा एकाधिकार नै कायम गरेको छ भन्दा फरक पर्दैन । पछिल्लो समय यसका साना तथा हलुका कमर्सियल गाडीले पनि आक्रामक बजार लिइरहेको छ । हालसम्म टाटाका करिब ६० हजार बढी सवारी बिक्री भइसकेको बताइन्छ । जसमा ठूला बस र कमर्सियल गाडीको हिस्सा अत्यधिक रहेको छ । tata_sumo_victa_5
    भारतीय बजारमा सन् १९९८ मा पहिलो भारतीय प्यासेन्जर कारका रूपमा विकसित टाटा इन्डिकासँगै नेपाली बजारमा पनि टाटाका प्यासेन्जर कारको बिक्री प्रारम्भ भएको हो । हाल यी सेग्मेन्टका गाडी विभिन्न मोडलमा उपलब्ध रहेका छन् । नेपाली बजारमा टाटाका सुमो, भिस्टा, नानो, इन्डिका भिटु, डी ९०, मान्जा र आरिया जस्ता मोडलहरू लोकप्रिय मानिन्छन् । यसका अलवा एसयूभी सेग्मेन्टमा सुमो, सफारी र हालसालै सार्वजनिक भएको सफारी स्ट्रोमले पनि बजार आक्रामक रूपमा विस्तार गर्दै लगेका छन् । इन्डिकादेखि आरिया र सफारी स्ट्रोमसम्म आइपुग्दा टाटाका प्यासेन्जर कारमा धेरै परिवर्तन भएको पाउन सकिन्छ । कुनै समय टाटाका यी गाडीलाई विक्रम टेम्पोसँगसमेत जोडेर हेर्ने गरिन्थ्यो । जसको प्रमुख कारण इन्डिका चलाउँदा आउने आवाज रहेको बताइन्छ । टाटाका अधिकांश मोडलहरू डिजेल इन्जिनमा आधारित छन् । जसका कारण पनि पेट्रोल इन्जिनको तुलनमा यसको आवाज अलि कडा हुनु स्वाभाविक मानिन्छ । तर पछिल्लो समय सार्वजनिक भएका अधिकांश मोडलमा यस्तो समस्या रहेको पाइँदैन ।
    नेपालमा सन् १९८२ देखि सिप्रदी ट्रेडिङले टाटा गाडीको एक मात्र अधिकृत वितरकका रूपमा कारोबार गर्दै आएको छ । यो कम्पनी आईएसओ ९००१ः२००८ बाट समेत प्रमाणित भइसकेको छ । कम्पनीले दिने विश्वस्तरीय सेवा र स्पयेर पार्टसको सहज उपलब्धताका कारण नेपाली बजारमा टाटा विगतदेखि वर्तमानसम्म सबैको रोजाइमा पर्न सफल भएको हो । कम्पनीले पहिलो पटक सन् २००० मा इन्डिका गाडी नेपाल भित्राउँदा पहिलो वर्ष २ सय थान गाडी बिक्री गरेको बताइन्छ ।
    तर हाल वार्षिक २ हजारको संख्यामा यस्ता सवारी बिक्री हुने कम्पनीका प्यासेन्जर कार विजनेस युनिटका प्रमुख सन्तोष खतिवडा बताउँछन् । उनका अनुसार यी सेग्मेन्टका गाडीको बिक्री वार्षिक २५ देखि ३० प्रतिशतका दरले वृद्धि भइरहेको छ । यही बिक्री कायम रहने हो भने अबको ५ वर्षपछि टाटा, प्यासेन्जर कार सेग्मेन्टमा समेत नम्बर एक हुने उनको दाबी छ । भारतमा पनि कम्पनीले अबको ५ वर्षपछि कार सेग्मेन्टमा नम्बर १ बन्ने लक्ष्य लिएको बताइन्छ । जानकारहरूका अनुसार हाल मारुती सुजुकी र हुन्डाई पछि कार सेग्मेन्टमा टाटा तेस्रो स्थानमा रहेको छ ।

    13503717984653
    नेपाली बजारमा टाटाका प्यासेन्जर कारहरू पछिल्लो समय झनै लोकप्रिय बन्दै गएको जानकारहरू बताउँछन् । जसका पछाडि सुलभ मूल्य, बिक्रीपश्चातका सेवामा उत्कृष्टता, सुलभ स्पेयर पार्टस र सहज उपलब्धताका साथै प्रविधिमा पनि आधुनिकता प्रमुख कारण मान्न सकिन्छ । यी विशेषताका अलवा यी गाडीहरू डिजेल इन्जिनमा पनि उपलब्ध रहनुले किफायती रहेका छन् । यी र यस्ता परिष्कृत विशेषताका कारण पछिल्लो समय यी गाडीप्रतिको ग्राहक नजरसमेत परिवर्तन भएको छ । यद्यपि न्यून रिसेल भ्यालु र मजबुतीका हिसाबले भने अहिले पनि यी गाडी कमजोर रहेको गुनासो सुन्ने गरिन्छ । त्यसो त कुनै पनि उत्पादन सबै कुरामा पूर्ण हुन सक्दैन ।

    मूल्य
    अहिले नेपाली बजारमा टाटा कि टोयोटा भन्नेहरूको जमात बढ्दै गएको छ । यसको पछाडि मूल्य प्रमुख कारण रहेको विश्लेण गरिन्छ । महँगो र सुविधासम्पन्न सवारी चाहनेले टोयोटा र आफ्नो बजेटअनुरूपको आरामदायी सवारी चाहनेने टाटा रोज्नु बुद्धिमानी हुने जानकारहरू बताउँछन् । समान रेन्ज र सुविधाका अन्य भारतीय गाडीहरू टाटाभन्दा केही महँगो पर्ने भएकाले यस्तो भनिएको हुन सक्छ । साथै सवारी खरिदपश्चात मर्मत सम्भार खर्चसमेत कम हुने भएका कारण टाटा किफायती मानिन्छ । डिजेल इन्जिनका कारण पनि यी गाडी कुदाउनु पेट्रोलको तुलनामा धेरै सस्तो छ । यसका अतिरिक्त सुलभ मूल्यमा सहजै स्पेयर पार्टस उपलब्ध हुने हुँदा पनि टाटाका प्यासेन्जर कारमा ग्राहकको आकर्षण बढ्दै गएको हो ।

    चुस्त दुरुस्त व्यवस्थापन
    सिप्रदी ट्रेडिङको व्यवस्थापन पछिल्लो समय निकै व्यवस्थित भएको छ । केही वर्षअघिसम्म पनि यहाँको व्यवस्थापनलाई सरकारी सरहको रूपमा हेर्ने गरिन्थ्यो तर अहिले टिममा रहेका सबै सदस्यहरू निकै चुस्त दुरुस्त देखिन्छन् । यहाँ फरकफरक सेग्मेन्टका सवारीका लागि बेग्लाबेग्लै डिपार्टमेन्ट छुट्टयाइएका छन् । जस्तै हेभी कमर्सियल डिपार्टमेन्टले ठूला ट्रक र बसको व्यवस्थापन हेर्छ भने लाइट कमर्सियल डिपार्टमेन्टले साना ट्रक, पिकअप, स्कुल बसलगायतको ।
    त्यस्तै प्यासेन्जर कार डिपार्टमेन्टले कार र एसयूभी गाडीको बिक्री एवं व्यवस्थापन मात्र हेर्ने गर्दछ । जसले गर्दा कार्य सम्पादनमा विशष्टतासँगै सवारी बिक्रीमा पनि वृद्धि ल्याउने गर्छ । यो कम्पनी आईएसओ ९००१–२००८ प्रमाणित भएका कारण पनि ग्राहकले यहाँबाट पाउने सेवा र सुविधा अन्तर्राष्ट्रिय गुणस्तरको रहँदै आएको छ । बिक्रीपश्चातको सेवाका लागि तालिम प्राप्त दक्ष टेक्निसियन रहेको हुँदा ग्राहकले यहाँबाट पाउने सेवा सुविधामा कुनै गुनासो गर्नुनपर्ने बताइन्छ ।

    बिक्री र बिक्रीपछिको सेवा
    नेपाली अटोबजारमा टाटा छोटो समयमै लोकप्रिय बन्नुको अर्को प्रमुख कारण बिक्री र बिक्रीपछिको सेवा उत्कृष्ट रहनु पनि एक प्रमुख कारण हो । हाल कम्पनीका देशभर १५ वटा बिक्री केन्द्रका साथै १३ वटा बिक्रीपश्चातका सेवा दिने सर्भिस सेन्टरहरू रहेका छन् । यस्ता बिक्री केन्द्र र सर्भिस सेन्टरहरू अत्याधुनिक सुविधासम्पन्न र आधुनिक रहेका छन् । जसले ग्राहकको विश्वास जित्दै गएको पाइन्छ । टाटाका प्यासेन्जर कारको बजार थप विस्तारित हुँदै गएको सन्दर्भमा कम्पनीले पछिल्लो समय बिक्रीपश्चातको सेवामा झनै बढी जोड दिएको छ । भन्नेबित्तिकै सहज रूपमा स्पयेर पार्टस उपलब्ध हुने हुँदा लक्षित ग्राहकहरू टाटाप्रति आकर्षित बन्दै गएका हुन् ।

    परिष्कृत डिजाइन र सुविधासम्पन्न विशेषता
    आजभन्दा ५ वर्षअघिको टाटा र अहिलेको टाटामा धेरै परिवर्तन भएको जानकारहरू बताउँछन् । पछिल्लो समय बजारमा सार्वजनिक भएका विभिन्न मोडलले यो कुरालाई थप पुष्टि गरेको छ । पहिलेको डिजाइन भद्दा र कम आकर्षक भएकोमा पछिल्ला मोडलहरू परिष्कृत र निकै आकर्षक देखिन्छ । कम्पनीले डिजाइनका साथै कारमा हुनुपर्ने विशेषताहरूसमेत थप गर्दै लगेको छ । जसका कारण बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी ब्रान्डसँग यसले सजिलै मुकाविला गर्न सकेको हो । पहिले गाडी खरिदपश्चात लाखौं मूल्यको एक्सेसरिज जडान गर्नुपथ्र्यो तर अहिले अधिकांश एक्सेसरिज कम्पनीबाटै जडान भई आउने गर्छ । अन्य गाडीमा रहेजस्तो एयर ब्याग, एसी, सेन्ट्रल लक, एबीसी र ईडीबीजस्ता विशेषताहरू यी गाडीमा पनि सामान्य जस्तै भएका छन् । कतिपय मोडलमा भनी यी गाडीहरू गाडीहरू ब्रान्डभन्दा पनि एड्भान्स देखिन्छन् । उदाहरणका लागि केही समयअघि मात्र बजारमा आएको भिस्टा डी ९० लाई लिन सकिन्छ । यसमा रहेको ब्लुतुथ कनेक्टिभिटी र भ्वाइस कमान्डजस्ता विशेषताले यो गाडी यही सेग्मेन्टका अन्य गाडीभन्दा फरक रहेको छ । आफ्नै अत्याधुनिक रिकन्डिसन सेन्टर टाटाका गाडीको रिसेल भ्यालु छैन भन्ने गुनासो बढी रहेको समयमा कम्पनीले आफ्नै अत्याधुनिक रिकन्डिसन सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालकै नमुना रिकन्डिसन मानिने सिप्रदी एस्योर्डबाट ग्राहकले उचित मूल्यमा खरिद बिक्री र सट्टापट्टा गर्न सकिने व्यवस्था मिलाइएको छ । जहाँ टाटाका गाडी खरिद बिक्री र सट्टापट्टा गर्ने ग्राहकले अन्यत्रभन्दा बढी मूल्य पाउने बताइन्छ ।
    गाडीको वैज्ञानिक तवरवाट परीक्षण गरी ग्राहकलाई उचित मूल्यमा रिकन्डिसन सेवा उपलब्ध गराउँदै आएको एस्योर्डले बताएको छ । एस्योर्डको सञ्चालनसँगै टाटाका प्यासेन्जर गाडीको बिक्रीमा समेत उल्लेख्य वृद्धि भएको जानकारहरू बताउँछन् । कम्पनीले निकट भविष्यमै देशका अन्य शहरमा समेत यस्तो सेवा विस्तार गर्दै लैजाने बताएको छ ।