CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • जय राष्ट्रवाद !

    – दीर्घराज प्रसाई

    नेपाल संसारका राष्ट्रहरुका अगाडि आफ्रना मौलिक विशेषता लिएर उभिएको देश हो । नेपालका तीन विशेषता छन् । १) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य । यी तीन विशेषता र गौरवमय पहिचानहरुलाई सम्मान गरेर जस्ले नेपाल र नेपाली जनताको हित गर्छ त्यही नेपालको सफल व्यक्ति मानिन्छ । राष्ट्रका पहिचान जोगाएर देश निर्माणमा सरिक हुनु राजनीति तथा राजनीतिक नेताहरुको कर्तव्य हो । इतिहासको फेरबदलमा संसारमा ठूलो परिवर्तन आयो । नेपालको पहिलो विशेषता भित्रको क्षेत्र हो पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मान शरोवर र दक्षिणमा गंगानदी । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ । यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् ।

    Nepal flag pattern on the wooden board texture ,retro vintage styleNepal flag pattern on the wooden board texture ,retro vintage style


    दोस्रो विशेषतामा नेपालले आफ्नो सार्वभौमसत्ता माथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन । सार्वभौमसत्तासम्पन्न हिन्दु अधिराज्य नेपालीहरुको गौरव हो । तेस्रो विशेषता हो– नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य । नेपाल तथा भारत यी दुई हिन्दुहरुको आधिकारिक थलो हो । तर भारतबर्षमा मुसलमान र अंगे्रजजको साम्राज्यको कारण भारतबर्षमा हिन्दुत्व माथि आक्रमण भइरहेको अवस्थामा सन् १९४७ मा स्वतन्त्र भएपछि पनि भारतीय हिन्दुहरुले आफ्नो पहिचान देखाउन सकेका थिएनन् ।

    भारतका हिन्दुहरुको अथक प्रयासपछि २०७१ सालको प्रारम्भदेखि हिन्दुवादी राष्टवादी पार्टी (भाजपा) भारतमा अत्यधीत जनताको समर्थनबाट सत्तामा आएको छ । हिन्दुवादी नेता नरेन्द्र मोदी भारतको प्रधानमंत्री बनेका छन् । भारत स्वतन्त्र भएकाबेलादेखि भारतीय कांग्रेसले सत्तामा रहेर पनि भारतीय धर्म, संस्कृति र परम्परालाई उठाउन सकेको थिएन । अहिले भारतीय जनता पार्टी सत्तामा आएको छ । भारतमा ८० करोड हिन्दु छन् । भारतीय जनता पार्टीले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्न थालेको छ । भारतले आफ्रलाई हिन्दु राष्ट्र घोषणा गर्नसक्ने अवस्था छैन । उनीहरु नेपाल हिन्दु अधिराज्यको रुपमा स्थापित रहिरहेको चहान्छन् । हिन्दु अधिराज्य नेपालका हिन्दुहरुको लागि मात्र नभएर भारतका ८० करोड हिन्दुहरु तथा विश्वमा रहेका हिन्दुहरुको लागि गौरवमय पहिचान र प्रतिष्ठा हो । नेपाल र भारतको प्रतिष्ठाको लागि पनि नेपाल हिन्दु अधिराज्यको रुपमा स्थापित रहिरहनु पर्छ । २०७२ साल असोज ३ गते नेपाललाई पश्चिमाहरुको दबावमा धर्मनिरपेक्ष घोषणा गरिएकाले नेपाल, भारतका हिन्दुहरु र विश्वका हिन्दुहरु असंतुष्ट छन् । यस अवस्थामा अझै समय छ कि नेपालको नेतृत्वतहमा रहेकाहरुले नेपाललाई राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम गरेर सही अवतरणको बाटो रोजून् ।
    नेपालको इतिहासमा समय काल परिस्थितिले हिमवत्खण्ड नेपाल स(साना राज्यहरुमा विभाजित भएकाले यी साना हिन्दु राज्यहरु दक्षिणतर्फबाट अंग्रेजको घेराबन्दीमा पर्ने अवस्था आइरहेको थियो । नेपालको एकीकरण भन्दा पहिला यस हिमतखण्डमा ५४ भन्दा धेरै स–साना स्वतन्त्र हिन्दुराज्यहरु थिए । ती सबै साना हिन्दुराज्यहरु अंग्रेजी साम्राज्यको आक्रमणको शिकार हुन लागेको अवस्थामा गोर्खाका हिन्दु राजा पृथ्वीनारायण शाहले यसक्षेत्रका स–साना हिन्दुराज्यहरुको एकीकरण गरेर यो भूमिलमई अधिराज्य कायम गरेका थिए । उनले गोर्खाको सट्टा कान्तिपुरलाई राजधानी बनाए । स्मरणरहोस्– भारतलाई हिन्दुस्थान भनिनु भन्दा पहिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भनेका थिए । भारतबर्षलाई मुसलमान र अंग्रेजको साम्राज्य स्थापना भएको बेलासम्म भारतबर्षलाई हिन्दुस्थान भनिदैनथ्यो । हो, भारतबर्षमा धेरै हिन्दु राज्यहरु थिए । ती थुप्रै हिन्दु राज्यहरु मुसलमान र अंग्रेजहरुको आक्रमणबाट विचलीत भएर आफ्रनो सार्वभौमसत्ता बचाउन नसकेर मुसलमान र पछि अंग्रेजको शासनमा एकीकृत भइसकेका थिए । एकीकृत भारतका थुपै्र राज्यका जनताहरु हिन्दु भएकाले अंग्रेजले हिन्दुस्थान भन्न थालिएर हिन्दुस्थान भनिन थालिएको मात्र हो । तर नेपाल जन्मदैको हिन्दु अधिराज्य हो । हिन्दु र बौद्धको यो आधिकारिक भूमि हो । यो भूमिलाई एकताको सूत्रमा युगयुगान्तरसम्म अटल राख्न यसक्षेत्रका सम्पूर्ण जातिहरुको बीचमा सम्पर्क भाषा र सरकारी लेखापढीको भाषाकोरुपमा आफ्रनै नेपाली भाषा छ, आफ्रनै मुद्रा, मौलिक विक्रम संवत् छ । प्राकृतिक र सास्कृतिक रुपमा नेपाल एक समृद्धशाली भूमि हो ।
    ख्यालरहोस्– दोस्रो विश्व युद्धपछि संसारमा राष्ट्रवादको चौतर्फी लहर आयो । यही शिलशिलामा यहुदी राष्ट्रको रुपमा इजरायलाई घोषित गरियो । संसारमा इसाई, मस्लिम राष्ट्रहरु घोषित भइसकेका र दोस्रो विश्व युद्धदेखि यहुदी राष्ट्र पनि घोषित भएपछि राजा महेन्द्रबाट संवैधानिक रुपमा नेपाललाई पनि विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा घोषणा गरिनु अत्यावश्यक ठानेर २०१९ सालको संविधानमा नेपाललाई हिन्दु अधिराज्य घोषत गरिएको हो । एशीयाका देशहरुमा नेपाल, भारत हिन्दुहरुको उद्गम स्थल हो । भारतमा मुसलमान र अंग्रेजको हजारबर्षको साम्राज्यपछि हिन्दु अस्मिता नष्ट भइसकेको थियो । अव पनि भारतले संविधानमा हिन्दु राष्ट्र घोषणा गर्न सक्ने अवस्था थिएन र छैैन । त्यसहिसावले २०१९ सालमा नेपाल हिन्दु अधिराज्यको रुपमा संविधानमा घोषित भएपछि भारतका तमाम हिन्दुहरुले अत्यन्त गौरवको अनुभव गर्न थाले । नेपाललाई संवैधानिक रुपमा हिन्दु अधिराज्य घोषणा गरेपछि–‘हमारा एक मात्र हिन्दु राष्ट्र नेपाल है, हमारा हिन्दु सम्राट नेपालपर है‘ भनेर भारतीयहरु गर्व गर्न लागे । लागे । नेपाललाई हिन्दु अधिराज्य घोषित गरेपछि भारत नेहरु कालीन भारतले नेपालमा गिद्धेदृष्टि लगाउन छोडेको थियो । धर्मनिरपेक्ष घोषणाले नेपालमा हिन्दुहरुको वनोवल कमजोर हुँदै जान्छ र राजतन्त्र विस्थापित गरिएपछि अरुहरु देशहरुमा राजतन्त्र फालेपछि जसरी अस्थिरता र गृहयुद्धले आक्रान्त बनायो त्यस्तै अवस्था नेपालमा आउछ भन्ने विदेशीहरुको सोचाई हो ।
    २०६३ सालभन्दा अगाडि नेपालमा यसरी विदेशीहरुको नाङ्गो हस्तक्षेप थिएन । तर गणतन्त्र, धर्मनिरपेक्ष र संघीयताको नाममा कति नेपाली जनता मारिए, कति राष्ट्रको सम्पत्ति स्वाहाः पारियो । यो क्रम अझै जारी छ । आफ्रना देशको परम्परा, पहिचान र प्रतिष्ठालाई ख्याल नगरी विदेशीको पारामा लागेर नेपाल नसम्हालिने अवस्थामा पुगेको छ । विश्वमा धेरै इसाई र मुसलमान राष्ट्रहरु छन् । नेपालमा राई, लिम्बु, मगर, गुरुङ,नेवार,ब्रामण,क्षेत्री, कामी दमाईं, सार्की, मैथिली, भोजपुरी,अवघि जो जति छौं हामी सबै हिन्दु हौं । हामीहरु मध्येका कतिपय वौद्ध पनि छौं, जस्मा शेर्पा, तामांङ र केही नेवार जो जति जाति जनजाती छौं हामी हिन्दु तथा बौद्ध सबै यहींका पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, मुक्तिनाथ भित्रकै विश्वासका उपज हौं । नेपालका मुसलमानहरु विशाल नेपालको एकीकरणपछि नेपालको हिन्दु अधिराज्य तथा बौद्धपति नकारात्मक छैनन् । क्रिस्चियन तथा बाई धर्महरु पनि हिन्दुप्रति नकारात्मक नभई बसेमा उनीहरुप्रति हिन्दु तथा बौद्धहरु नकारात्क हुने छैनन् । तर तर हिन्दकोु घरमा पाहुना बसेर हिन्दु घरपट्टिलाई लखेट्न खोजिएको छ । यस्ता अपराधी क्रियाकलापहरुको हामी भ्रत्सना गर्दछौं । सबै धर्महरुको अस्तित्व स्वीकार्ने नेपालको हिन्दुअधिराज्यको परम्परा हो । अतः नेपालमा संवैधानिक राजसंस्था र हिन्दु बौद्धअधिराज्यलाई यथावत कायम गरेर नेपाल र विश्वका हिन्दुहरुको प्रतिष्ठा बचाउनु पर्छ ।