CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • युवा पुस्ताले हेर्नै पर्ने फिल्म ‘बेस्ट फ्रेन्ज फरेभर’

    १९ वर्षिय उत्सव थपलियाले निर्देशन गरेको फिल्म ‘बेस्ट फ्रेन्ज फरेभर’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । आइतबार  राजधानीमा प्रेसमिट गर्दै यी युवा निर्देशक थपलियाले निर्देशन गरेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । प्लस टु पढ्ने
    युवा पुस्ताको मित्रतालाई मुख्य कथावस्तु बनाइएको ‘बेस्ट फ्रेन्ज फरेभर’ आउँदो जेठ १४ गतेदेखि प्रदर्शन हुनेछ ।

    best f f
    फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, सुदिप घिमिरे, पिङ्की शेर्पाको, साधना भण्डरी, सैलेन मानन्धर,
    प्रहिक न्यौपाने लगायतको अभिनय रहेको छ । लोचन आचर्यको कथा रहेको फिल्ममा अर्जुन पोखरेल, कमल खत्री र आकाश थापाले
    संगीत दिएका छन् । निर्मल मुल्मी श्रेष्ठको छायाँकन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । ‘बेस्ट फ्रेन्ज
    फरेभर’ लाई आरभ, सरिक्षा थापा र सुदिप घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    फिल्मको टेलर यस्तो छ